चरौँदीमा चेपाङका लागि पोषण स्वास्थ्य शिक्षा तथा संस्थागत अभिमुखिकरण कार्यक्रम

436 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुषा गाउँ विकास समितिको वडा नम्वर १ चरौँदीमा एक दिने पोषण स्वास्थ्य शिक्षा तथा संस्थागत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल चेपाङ संघ धादिङको आयोजनामा भएको कार्यक्रममा ५१ जना चेपाङ समुदायको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल चेपाङ संघको लक्ष्य, उद्देश्य, संस्थाको परिकल्पना, संस्थाको संरचनाका विषयमा नेपाल चेपाङ संघका केन्दिय अध्यक्ष जितेन्द्र चेपाङले सहजिकरण गर्नुभएको थियो ।

नेपाल चेपाङ जिल्ला कार्यसमिति धादिङका उपाध्याक्ष भिम बहादुर चेपाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोषण, कुपोषण, कुपोषण चरण तथा यसका लक्षण, चेपाङ समुदायमा पोषणको अवस्था, सन्तुलित खाना र यसको महत्व, कुपोषणको उपचार तथा रोकथामका विषयमा छलफल भएको थियो । यसै गरी कार्यक्रममा भुकम्प आउँदा जोगिने तरिका र भुकम्प प्रतिरोधक घर वनाउने तरिका र यसका महत्वका विषयमा पनि सहजिकरण गरिएको थियो । कार्यक्रममा विष्णुमाया चेपाङ र शहरी विकास कार्यक्रमका प्राविधिक अनुश प्रधानले सहजिकरण गर्नुभएको थियो । यसै गरी कार्यक्र पश्चात आगामी वर्षको लागि नेपाल चेपाङ संघको वार्षिक योजना समेत तयार भएको नेपाल चेपाङ संघ धादिङका सचिव कृष्ण चेपाङले जानकारी दिनभयो ।