ट्रेड युनियनका लागि धादिङमा निजामति कर्मचारी संगठनले तोक्यो पदाधिकारी

716 पटक पढिएको

२८ जेष्ठ २०७३, शुक्रबार १८:३० सम्पादक: धादिङ न्यूज

13423741_1304326866261251_4512257940574114031_nनिजामति कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियनका लागि भएको निर्वाचनमा धादिङमा पहिलो स्थान प्राप्त गरेको नेपाल निजामती कर्मचारी संगठनले जिल्लाका पदाधिकारीहरुको टुङ्गो लगाएको छ ।
संगठनले जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई पदाधिकारी तथा सदस्यहरुको नामावली बुझाएको छ । संगठनको जेठ २४ गते बसेको बैठकको सर्वसम्मत निर्णयबाट अध्यक्षमा जिल्ला शिक्षा कार्यालयका रामचन्द्र इटनी,कोषाध्यक्षमा जिल्ला स्वास्थ्य कार्यालयका बिष्णुलाल श्रेष्ठ,सह सचिवमा कोष तथा लेखा नियन्त्रक कार्यालयका सुदर्शन दाहाल,सदस्यहरुमा महिला तथा बालबालिका कार्यालयका शान्तिकुमारी बस्नेत,जिल्ला विकास समितिका तिलाराम बिक र जिल्ला हुलाक कार्यालयका राजकुमार श्रेष्ठलाई सिफारिश गरिएको संगठनका सचिव कृष्णलाल उप्रेतीले जानकारी दिनु भयो ।