गजुरी प्रहरीको प्रसंसनीय कार्य ५२ केजी चरेसको धुलो बरामद

1739 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13062016044048Dhading_42-kg-charesh-(4)-1000x0 (1)जेष्ठ -३१ मलेखु । लामो समय पछि .राजमार्गबाट ठुलो परिणामको चरेस र त्यस्को ओसार पसारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी  सफल भएको छ । लुकाई छिपाई चितवन तर्फ लादैं गरेको ५२ केजी चरेसको धुलो गजुरी  प्रहरीले वरामद गरेकोछ । चरेससंगै प्रहरीले जीपका चालक  र व्यापारी सहित ३ जना लाई  पक्राउ गरेको छ ।

चितवन वाट राजधानीमा माछा वेचेर फर्केको बा १३ च ६२२० नंवरको डिआई जीपमा चरेस लैजादैं गरेको अवस्थामा प्रहरीले सुराकीको आधारमा विहान साढे ६ वजे वरामद गरेको इलाका प्रहरी कार्यालय गजुरी प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए ।

माछालाई जिवितै राख्न प्रयोग गरिएको प्लाष्टिकको हजार लिटर पानी अटाउने क्षमताका ४ वटा टंकीमा गाविस  वडा नम्बर ९ को सुत्केरीढुंगा स्थित नमस्ते ग्यास उद्योग छेउमै विहान ४ वजे चरेस जीपमा राखेको पक्राउ परेकाहरुले वयान दिएका छन् । कार्टुन टुपले वेरेका १/१ केजीका ५२ पोका टंकीमा राखेर चितवन लैजादैं गरेको अवस्थामा मलेखु फुर्केखोलामा वरामद गरिएको प्रहरी निरिक्षक जगेवुले वताए ।

प्रहरीले मुख्य व्यापारी पर्सा जिल्ला सिवर्वा २ निवासी ४४ वर्षीय छोटेलाल भन्ने झोटे सहनी र जीपचालक चितवन जिल्ला चैनपुर गाविस ३ निवासी २५ वर्षीय शक्तिम दराई र व्यापारीकै सहयोगी पर्सा जिल्ला सिवर्वा २ निवासी १७ वर्षीय ध्यानी सहनी लाई पक्राउ गरेको हो । निजहरुलाई थप अनुसन्धानका लागी कार्यालय धादिङ पठाईएकोछ ।