सल्यानकोटमा प्राथमिक उपचार सम्बन्धि कार्यशाला

507 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सल्यानकोट-३,असार -आपतकालिन अवस्थामा प्राथमिक उपचार सेवा प्रदान गर्न सघाउ पु¥याउने उद्देश्यले प्रामथमिक उपचार सम्बन्धि २ दिने कार्यशाला धादिङको सल्यानकोटमा सम्पन्न भएको छ ।
सल्यानकोटको कार्की गाउँ उच्च माध्यमिक बिद्यालयमा सम्पन्न भएको तालीममा नेत्रावती,थानी चण्डि प्राथमिक बिद्यालयका व्यवस्थापन समिति,शिक्षक,सल्याकोट गाविसका महिला स्वस्थ्य स्वयम् सेविका,जुरेसका पदाधिकारीहरु,गाउँ बाल संरक्षण समितिका पदाधिकारीहरु सहित २४ जनाको सहभागीता रहेको थियो ।
कार्यशालामा प्रकोप तथा दुर्घटनामा भई जोखिम अवस्थामा रहेका व्यक्तिहरुको जीवन रक्षा गर्न अपनाउनु पर्ने उपाय तथा प्रकोप तथा दुर्घटनाबाट जोगिन गर्नु पर्ने सावधानिहरु,प्राथमिक उपचार गर्दा ध्यान दिनु पर्ने कुराहरु,कृत्रिम श्वास प्रश्वास,घाईतेको जाँच,बिरामीको ओसार पसार,जनावरको टोकाई,करेन्ट आदिका बारेमा नेपाल रेडक्रस सोसाईटी लक्ष्मी शाह र सुशिला श्रेष्ठ तथा प्रयास नेपाल धादिङका फिल्ड अधिकृत रञ्जित घलेले सहजीकरण गर्नु भएको सल्यानकोटबाट उषा मगरले जानकारी दिनु भयो । र्वल्ड भिजन ईन्टरनेशनलको साझेदारीमा प्रयास नेपालद्धारा संचालित आपतकालिन शिक्षा तथा बाल संरक्षण कार्यक्रम अन्र्तगत प्राथमिक उपचार सम्बन्धि कार्यशाला भएको हो । यस बुधबार र बिहिबार कटुन्जे र गुम्दीमा पनि प्राथमिक उपचार सम्बन्धि कार्यशाला सम्पन्न भई सकेको मगरले जानकारी दिनु भयो ।