चरौंदीमा बस पल्टिंदा, दुईको ज्यान गयो

473 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

xbus-accident-rajbiraj.jpg.pagespeed.ic_.Wiby9SvS5_धादिङ,६ असार  -जनकपुरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक रात्री वस धादिङ जिल्लाको धुषा गाविस वडा नम्बर १ चरौंदी स्थित पृथ्वीराजमार्गमा पल्टिंदा दुई जनाको ज्यान गएको छ । ना ५ ख २०८१ नम्बरको बस सोमबार बिहान ( आज विहान) ६ बजे तिर पृथ्वीराजमार्गको चरौँदीमा दुर्घटनामा पर्दा दुई जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ । बस चिरौंदी खोलाको पुलको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा बसका चालक र एक यात्रु रहेका छन । ६० बर्षिय भारतीय नागरिक रत्नलालको घटनास्थलमानै र चालक ४५ बर्ष जतिका कृष्णलालको भने उपचारको क्रममा मृत्यु भएको र अन्य एकजना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
राती देखिनै सिमसिम पानी परिरहेकाले सडक चिप्लो भएर बस अनियन्त्रित हुन पुगेको हुन सक्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक मुरारी मिश्रले जानकारी दिए । अन्इ कारणले गर्दा दुर्घटना भएको पनि हुन सक्छ हामी अनुसन्धान गरिरहेका छौं प्रहरी निरीक्षक मिश्रले वताए । प्रहरीका अनुसार एकजना भारतीय नागरिक रतनलालको घटनास्थलमा नै मृत्यु भएको हो भने चालक कृष्णलालको उपचारको क्रममा मृत्यु भएको हो । अन्य एक सख्त घाइतेको मलेखु अस्पतालमा उपचार भइरहेको छ । बसका अन्य यात्रु भने सकुशल रहेका छन ।