१२ नेपालीको शव ल्याउँदा शोकमा डुब्यो विमानस्थल

682 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

_mg_0056_HgZxEYRGC2काठमाडौं : अफगानिस्तानको काबुलमा भएको आतंकवादी हमलामा मारिएका १२ नेपालीको शव बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका आफन्तजनको आँखामा आँसुबाहेक केही थिएन। बिहानैदेखि विमानस्थल पुगेका आफन्तजन शोकमग्न थिए। मृतकका आफन्तहरुको आँखामा आँसु देखेपछि श्रद्धान्जलि अर्पण गर्न विमानस्थल आइपुगेका धेरै मानिसका पनि आँखा रसाए। डेढ घण्टा विमानस्थलमा श्रद्धाञ्जलिका लागि राखिएपछि मृतकको शव आफन्तको जिम्मा लगाइयो। शव घरसम्म लाने व्यवस्था सरकारले नै मिलाएको थियो। शवहरु हेलिकप्टरबाट लैजाने तयारी भए पनि खराब मौसमका कारण सडकमार्गबाट लगिएको छ।  (साभार थाहा खबरबाट )