लामो समयसम्म कम्प्युटरमा बस्नुहुन्छ ? त्यसो भए होशियार

701 पटक पढिएको

१२ असार २०७३, आईतवार ०८:०९ सम्पादक: धादिङ न्यूज

computerअब कम्प्युटर बिना सायद हाम्रो जीवन नै चःदैन की जस्तो सबैलार्य भान हुन्छ । हरेक क्रियाकलापका लागि कम्प्युटर अभिन्न बनेको छ । तर लगातार कम्प्युटरको अगाडि बस्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । एक नयाँ अध्ययन अनुसार दिनमा लगातार तीन घण्टा कम्प्युटर चलाउनाले आँखाको समस्या देखा पर्दछ । जोन रिटानो अमेरिकाको एक कलेजमा इतिहासका प्राध्यापक हुन् । उनले इतिहासका कैयन् उत्कृष्ट पुस्तक लेखेका छन् । उनले धेरै समय कम्प्युटरमै बिताउनुपर्छ । कहिलेकाहीँ तथा दिनभरजसो नै कम्प्युटरको स्क्रिन अगाडि बसेर दिन बित्छ । यसरी लामो समयसम्म लगातार बसेर कम्प्युटर चलाउनाले आफ्ना आँखामा जलन महसुस हुने तथा कामै गर्न गाह्रो हुने समस्या उनले भोग्नुपर्यो । केहीबेर आराम गर्दा आँखालाई थोरै राहत त मिल्छ तर कम्प्युटरमा काम गर्न थाल्दा पुनः आँखा दुख्न थाल्दछ । रिटानो कन्फ्युजन भिजन सिन्ड्रोम रोगबाट पीडित छन् । दुनियाँमा दैनिक तीन घण्टाभन्दा बढि समय लगातार बिताउने मानिसमा यस्तो रोगको खतरा उत्पन्न हुने बताइन्छ । त्यसैले विश्वका ७ करोडभन्दा बढि कम्प्युटर प्रयोगकर्तामा यस्तो खतरा छ । नाइजेरिया तथा बोत्स्वानाका आँखा विशेषज्ञका अनुसार यो रोगबाट बढि पीडित हुनेहरुको सूचीमा अकाउन्टेन्ट, वास्तुविद्, बैंकर्स, इन्जिनियर, फ्लाइट कन्ट्रोलर्स, ग्राफिक आर्टिस्ट तथा पत्रकार लगायतका रहेका छन् जसको काम कम्प्युटर विना एक कदम पनि अघि बढ्दैन ।