बलात्कार पीडितसँग सेल्फी लिँदा जागिर चट

405 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

selfie_b8EybDOm0Lअसार १७, २०७३ केही देख्यो कि क्यामेरा निकाल्यो ओठ चुच्चो पार्‍यो फोटो खिचिहाल्यो। हिजोआज सेल्फीको चलन खुबै बढेको छ। यसको संवेदनशीलता र प्रभाव के होला भन्नेबारे भने धेरैले सोचेका हुँदैनन्। सेल्फी लिएकै कारण भारतमा एउटी महिलाले जागिर नै गुमाएकी छन् थाहा खबरले समाचार लेखेको छ ।  महिला सम्बन्धी मुद्धा हेर्ने निकाय राष्ट्रिय महिला आयोग, राजस्थानकी सदस्य सौम्या गुर्जरले सेल्फी लिएकै कारण राजिनामा दिनुपरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ। बुधबार महिला आयोगकी राजस्थान अध्यक्ष सुमन शर्मा एक बलात्कार पीडित महिलालाई भेट्न जयपुरको महिला प्रहरी पोष्टमा गएकी थिइन्। त्यस क्रममा संगै रहेकी गुर्जरले पीडित महिलासँग सेल्फी लिएकी थिइन्। जुन सेल्फीमा अध्यक्ष शर्मा पनि देखिएकी छन्। यही कारण गुर्जरले जागिरबाट राजिनामा नै दिनुपर्‍यो।  सेल्फीको विषयलाई लिएर भारतका सञ्चार माध्यम र सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो। त्यस्तै राष्ट्रिय महिला आयोगले राजस्थान महिला आयोगकी अध्यक्ष शर्मालाई त्यसबारे सोधपुछ गर्दै सेल्फी लिनु ‘अति असंवेदनशील’ भनेको छ। सेल्फीको व्यापक आलोचना भएपछि गुर्जरले राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजे समक्ष राजिनामा पेश गरेकी छन्। सेल्फीबारे राष्ट्रिय महिला आयोगकी राजस्थान अध्यक्ष शर्माले स्पष्टीकरण दिदै भनेकी छन् ‘महिला आयोगकी सदस्यले जब सेल्फी खिचिन् त्यो बेला म पीडित महिलासँग कुरा गरिरहेकी थिएँ। मलाई सेल्फी लिएकोबारे थाहा भएन। यस्तो कार्यको म समर्थन गर्दिन र उनीसँग लिखित जवाफ माग गरेकी छुं।’
फोटो / बिबिसी हिन्दी