भूकम्प प्रभावित क्षेत्र पहिरोको उच्च जोखिममा, धादिङ,गोरखा र दोलखाबासी बढी चिन्तित

644 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

earthquke.१८ असार । धादिङमा लापा, तिम्लिङ, रिगाउँ गाविस जोखिममा छन् । रसुवामा पहिकाठमाडौं–१२ वैशाखको भूकम्पबाट प्रभावित क्षेत्र पहिरोको उच्च जोखिममा छन् । भूकम्पले सबैभन्दा धेरै प्रभावित गोरखा, धादिङ, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोटका पहाड पहिरोको जोखिममा छन् । गोरखाका केरौँजा, लाप्राक, लोपु गुम्दा, सौरपानी, सिम्जुङ, थुमी गाविसवरिपरिका क्षेत्र पहिरोको उच्च जोखिममा छन् । पहिरो जानेमा समग्रमा दुई क्षेत्र मानिएको छ, जुन डाँडागाउँ, ठूलोगाउँ, हाकु, राम्चे पेरिफेरिका हुन् । नुवाकोटमा गोरस्याङ र सामरी गाविसको पेरिफेरिलाई जोखिम मानिएको छ । सिन्धुपाल्चोकमा तातोपानी, बाह्रबिसे, हेलम्बु, थकनी गाविसका क्षेत्र पहिरोका जोखिममा छन् ।
दोलखामा सिँगटी क्षेत्र, खोपाचागु, सुरी, भीरकोट गाविसका क्षेत्र जोखिममा छन् । यस वर्ष मनसुन सक्रिय भएकाले भूकम्पले धाँजा फाटेका ठाउँमा पहिरोको जोखिम देखिएको छ । त्यस्तो पहिरोले खोला–नदी थुनिएर बस्ती नै सखाप हुनसक्ने सम्भावना हुन्छ । यस्ता क्षेत्रका बस्ती स्थान्तरणको सम्भावना हुँदैन । त्यसैले मनसुनको समयभर सरकारले सर्वसाधारणलाई पूर्वसूचना दिने संयन्त्र परिचालन गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय भूगोल विभागका प्राध्यापक नरेन्द्रराज खनालले बताए । , नयाँ पत्रिकाबाट