देशभर बाढीपहिरोबाट ४६ को मृत्यु, १७ बेपत्ता

520 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

darchula-flood_9f8LyOpRYtअसार २३, २०७३ काठमाडौँ: निरन्तर वर्षात्सँगै आएको बाढी र पहिरोका कारण मुलुकभर ४६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।  देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट एक साताको अवधिमा ४६ जनाको मृत्यु हुनकासाथै १७ जना हराइरहेको मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए। अहिलेसम्म १५० घर बगाएको र रु दुई करोडको प्रारम्भिक क्षति भएको उनले उल्लेख गरे।  प्राकृतिक विपत्तिका घटनाको उद्धार र राहतका लागि सुरक्षा निकायलाई तैनाथ र आवश्यक संयन्त्र परिचालन गरिएको मन्त्रालयले जनाएको छ। ललितपुर, धादिङ, सिन्धुपाल्चोक, प्यूठान, दार्चुलालगायतका स्थानमा बाढी र पहिरोले जनधनको क्षति पुर्‍याएको छ।  घटनाका पीडित (घर भत्केकालाई) राहतका लागि तत्काल रु पाँचदेखि २५ हजार उपलब्ध गराइने प्रवक्ता कोइराराले बताए। बुधबार सिन्धुपाल्चोकसहितका जिल्लामा बाढी र पहिरोले धेरै क्षति पुगेको भए पनि यकिन विवरण आइनसकेको गृहले जनाएको छ।