प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छ : एमाले नेता ज्ञवाली

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

8f50ae255d16fd1618f487cf079fe15dसाउन १ ।नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएको बताउनु भएको छ ।
आज राजधानीमा प्रेस चौतारीले आयोजना गरेको अन्र्तसंवादमा सचिव ज्ञवालीले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार भएपनि आफूहरु त्यसको पक्षमा नहरेको बताउनुभयो ।
जनप्रनिनिधिविहीनताको अवस्थाको अनुभव गरिसकिएको  एमालेले पुन जनप्रतिनिधि विहीन अवस्था उत्पन्न हुन नदिने उहाको भनाइ थियो ।
संविधानको धारा २९८ अनुसार नयाँ सरकार गठन हुन नसक्ने भन्दै सचिव ज्ञवालीले त्यसको व्याख्या राष्ट्रपति वा सर्वोच्च अदालतले गर्नुपर्ने बताउनुभयो ।
उहाले संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठन हुन नसक्ने भन्दै प्रतिनिधिसभाको निर्वाचनपति मात्र सो धारा अनुसार सरकार गठन हुने बताउनुभयो । प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने भन्दै ज्ञवालीले प्रधानमन्त्रीले अविश्वास प्रस्तावको सामना गर्ने बताउनुभयो ।  तर ज्ञवालीले कुनै संवैधानिक उल्झन निम्त्याउने पक्षमा आफूहरु नरहेको स्पष्ट पार्नुभयो