ठाउं ठाउंमा पहिरो खसेर जनजिवन अस्तव्यस्त
909 पटक पढिएको
(नेत्रावती छापाखाना रहेको बैरेनी ८ गल्छी स्थित घर डुवान । पटक पटक पहिरोले थुनिएको नाली स्काभेटरको सहायताले पन्छाएर पनि पहिरो खस्ने क्रम नरोकिंदा डुवानको डर कायमै रहेको छ ।
तस्बिर : केशव अधिकारी /धादिङ न्यूज)
दुई दिन देखिको लगातार परिरहेको बर्षाले धादिङ जिल्लाको पृथ्वीराजमार्ग क्षेत्रको मलेखु देखि बैरेनी सम्मको सडक खण्डमा ठाउं ठाउंमा पहिरो खसेर जनजिवन अस्तव्यस्त वनाएको छ ।
पिडा गाविसको जहरे,बैरेनी गाविसको बैरेनीवजार, गल्छी लगायत दर्जनौं स्थानमा पहिरो खसेर सडकमा नियमित सवारी आवागमनमा असर पारेको छ । हरेक बर्ष निर्माण गरिने ग्रामीण सडकका कारण पहिरोको समस्या बढ्दै गएको छ ।
बैरेनी गाविसको वडा नम्बर ८ गल्छी धापमा निर्माण गरिएको निजी प्लटिङले नालीको निकासमा अवरोध आउंदा यहाँका दर्जनौं घर डुवानमा पर्ने सम्भावना बढ्दै गएको छ । पानीको निकास सडक र व्यक्तिको घरबाट बाहिर निस्कन थालेपछि जनजिवन अस्त व्यस्त हुन पुगेको हो ।