बाढी र पहिरोबाट अहिले सम्म ७३ जनाको मृत्यु, १५ जना वेपत्ता

831 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ , साउन १३ – विगत केहिदिन देखि परेको अविरल वर्षका कारण देश भरिको जनजीवन अस्तव्यस्त भएको छ । देशका बिभिन्न ठाउमा बाढी र पहिरोका कारण ७३ जनाको मृत्यु भएको छ । अहिले सम्म ६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाए पनि प्युठानमा ३८ जनाको ज्यान गए पछि मृत्यु हुनेको संख्या ७३ पुगेको हो। बढी र पहिरोका कारण अहिले सम्म १५ जना वेपत्ता भएका छन् भने १० जना घाइते भएको मन्त्रालयले जनाएको छ ।
Morang_27_flood
तस्बिर :रासस

बढी र पहिरोका कारण अहिले सम्म ७६ वटा घर पूर्ण रुपमा र २ वटा घर आंशिक रुपमा क्षति भएको छ । मृत्यु हुनेमा सबै भन्दा बढी प्युठानमा ३८ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय प्युठानले जनाएको छ । त्यस्तै गृह मन्त्रालयका अनुसार हाल सम्म गुल्मीमा ७ जना, बाग्लुंगमा ६ जना, पाल्पा र रोल्पामा ४,४ जना, मकवानपुरमा ३ जना अर्घाखाची, झापा र रुपन्देहीमा २,२ जना, काठमाडौँ, दोलखा, सर्लाही, पर्वत र उदयपुरमा १,१ जनाको मृत्यु भएको छ ।

Ilam_5

त्यस्तै गुल्मीमा ९ जना, पर्वतमा ८ जना, प्युठान र बाँकेमा ३,३ जना, काठमाडौँमा २ जना, सुनसरी, बाग्लुंग, दोलखा, अर्घाखाँची, सिन्धुपाल्चोक र रुपन्देहीमा १,१ जना घाइते भएका छन् ।  त्यस्तै प्युठानमा ५ जना, अर्घाखाँची र गुल्मीमा २,२ जना, सुनसरी, सप्तरी, झापा, दाङ, कास्की र कपिलवस्तुमा १,१ जना वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

घतानको जानकारी हुनासाथ नजिकको स्थानीय निकाय, प्रहरी, ससस्त्र प्रहरी र सेनाको टोलीले खोज तथा उद्दार कार्य गरिरहेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै प्राकृतिक विपतिमा घाइते भएकालाई नजिकको अस्पतालमा उपचारको व्यवस्था मिलाइएको र बेपत्ताको खोजि कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । बाँके जिल्लाको राप्ती किनारका बाढी प्रभावित ५०६ जनालाई नेपाली सेनाको हेलिकप्टरले र ३९३ जनालाई सेनाले डुंगाबाट उद्दार गरी सुरक्षित स्थानमा राखी आवस्यक प्रबन्ध मिलाएको मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।

— खरीबोटबाट