बस दुर्घटनामा पूर्व राज्यमन्त्रीसहित ७ को मृत्यु

1203 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Bus-Accident-Dhankuta_Hari-khewa_1

Hariraj-Khewaधनकुटा, १३ साउन । धनकुटाको परेवादिन–५ सिधुवा बजार नजिक यात्रु बाहकबस दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको छ ।

संखुवासभाको मुडेशनिश्चरे सडकखण्डबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट करिब दुई सय फिट तल खसेको थियो ।

दुर्घटनामा ३ पुरुष, ३ महिला र एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामापरी घाइते भएकहरुको बिभिन्न अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माओवादी नेता वर्षमान पुन ‘अनन्त’ अर्थमन्त्री हुँदा उनी राज्यमन्त्री थिए । घटनास्थलमा मौसम खराब हुँदा उद्भार समस्या भएको बताइएको छ कारोवार डेली डट कममा खबर छ । Bus Accident Dhankuta_Hari khewa