धुन्चेमा नेतामाथि आक्रमण तीनै प्रमुख दलका नेतालाई प्रहार

763 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

साउन १६,काठमाडौं – स्थानीय निकाय पुनर्संरचनाका विषयमा रसुवाको धुन्चेमा शनिबार बेलुका विभिन्न दलका केन्द्रीय नेताहरु सम्मिलित अन्तरक्रियामा स्थानीयले आक्रमण गरेका छन् । सदरमुकाम धुन्चेमा तीन प्रमुख दलका केन्द्रीय नेता सम्मिलित अन्तक्रिर्यामा आक्रमण हुँदा दलका नेता र कर्मचारीसमेत सातजना घाइते भएका छन् ।

 beating

रसुवाको सदरमुकाम धुन्चेमा संघीय संरचनाअनुसार स्थानीय निकाय पुनर्संरचनाको तेस्रो सर्वदलीय बैठकको पूर्वतयारीस्वरुप शनिबार कांग्रेस, एमाले, माओवादी केन्द्रका केन्द्रीय नेता सम्मिलित अन्तरक्रियामा स्थानीयले लाठी र कुर्सीले आक्रमण गरी तीनै दलका ६ जना केन्द्रीय नेता र एक कर्मचारी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

स्थानियको आक्रमणमा परी आक्रमणबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्र गौतम, माधव लामिछाने, मेघनाथ घिमिरे, कांग्रेस महाधिवेशन प्रतिनिधि जनकजीवन उपाध्याय र रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे घाइते भएको रसुवाका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईले बताए । अन्नपूर्ण दैनिकमा समाचार  छ ।