जिल्ला प्रहरी कार्यालय धादिङको सूचना

888 पटक पढिएको

१७ श्रावण २०७३, सोमबार २०:३८ सम्पादक: धादिङ न्यूज

जिल्ला प्रहरी कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले संयुक्त रुपमा नगर एरिया तथा राजमार्गमा सवारी साधनहरुलाई चेक जाँच गर्ने विशेष अभियान थालेको छ । सवारी चालक अनुमति पत्र नभई सवारी चलाउने‚ हेल्मेट नलगाइ‚ सिट वेल्ट नबाँधी सवारी चलाउने‚ क्षमता भन्दा बढी यात्रु चढाउने‚‚ सवारी दर्ता किताव‚ बाटो ईजाजत पत्र साथमा नराखी सवारी चलाउने‚ मादक पदार्थ सेवन गरेर सवारी चलाउने र अव्यवस्थित ढंगले पार्किङ राखेको फेला पारेमा कानून बमोजिम कडा कारबाही गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारीको लागि सूचित गरिन्छ ।
प्रहरीले यस प्रकारको चेकिङ सधैभरि गरिरहने भएतापनि सवारी चालक अनुमतिपत्र नभई सवारी चलाई दुर्घटना गराउनेको सङ्ख्या दिनप्रतिदिन बढदै गएपछि यस्ता चालकलाई लक्षित गरी सवारी चेकिङको दर बढाईएको हो । बिना अनुमतिपत्र सवारी चलाउने र मा.प.से. गरी सवारी चलाउने चालकलाई प्रहरीले नियन्त्रणमा लिई पहिलो पटकको लागि ट्राफिक जरिवाना गरी छाडने र दोस्रो पटकको पनि यस्तै गल्ति दोहोर्याएमा कानुन बमोजिम कार्वाही गरिने पनि सूचित गरिन्छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ