मन्त्रिपरिषद विस्तार, तीन मन्त्री थपिए
356 पटक पढिएको
श्रावण २४ -काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । राप्रपाका दुई र नेकपा संयुक्तका एक गरी तीन जनालाई मन्त्री बनाइएको हो । उनीहरूलाई सोमबार बेलुका सपथ गराइएको छ । राप्रपाका दिपक बोहोरा र विक्रम पाण्डे तथा नेकपा संयुक्तका जयदेव जोशीलाई सपथ ग्रहण गराइएको हो ।
दिपक बोहोरा आपुर्ति मन्त्रालय र विक्रम पाण्डेलाई भूमिसुधार मन्त्रालय दिने बताइए पनि टुंगो लागिनसकेको स्रोतले जानकारी दियो ।