एमाले समर्थित पत्रकारहरुको संगठन प्रेस चौतारीमा कसलाई के जिम्मा ?

581 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

press-chautari२४ साउन । एमाले समर्थित पत्रकारहरुको संगठन  प्रेस चौतारी नेपालको केन्द्रीय सचिवालय बैठकले पदाधिकारीहरुको कार्य विभाजन गरेको छ । केन्द्रीय कार्यालय, बागबजारमा सोमबार बसेको सचिवालयको तेस्रो बैठकले पदाधिकारीहरुको कार्यविभाजन गरेको हो ।

वैठकले पदाधिकारीहरुलाई प्रदेश इन्चार्ज, विभागीय प्रमुख र विधागत/क्षेत्रगत फाँट इन्चार्जको जिम्मेवारी तोकेको छ । कार्यविभाजन अनुसार, अध्यक्ष गणेश बस्नेतले समग्र कामको नेतृत्व गर्नेछन् भने वरिष्ठ उपाध्यक्ष माधव नेपाललाई विभागीय र प्रदेशको कामको अनुगमन र संयोजनको जिम्मेवारी दिइएको छ । प्रदेशबाट निर्वाचित ७ उपाध्यक्षलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

त्यस अनुसार, प्रदेश नम्बर १ मा लिलाराज भट्टराई, २ मा लालबाबु शेख, ३ मा विश्वमणी सुबेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र सावदलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ । बैठकले गैरभौगलिक विशेष क्षेत्र प्रतिष्ठान र विधागत क्षेत्र हेर्नेगरी केन्द्रीय प्रतिष्ठान विभाग पनि गठन गरेको छ ।

उपाध्यक्षद्वय टिका विष्टलाई महिला विभाग र सईन्द्र राईलाई  प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिइएकोे छ । त्यस्तै, महासचिव राजेश राईलाई संगठन विभाग, उपमहासचिवद्वय रामकुमार एलनलाई कार्यालय, माइन्युट लेखन तथा अभिलेख विभाग र हिरामान लामालाई प्रशिक्षण विभाग तथा सचिवहरु शुरोजंग पाण्डेलाई प्रतिष्ठान विभाग, भरत केसीलाई संवैधानिक कानुन तथा संसदीय मामिला विभाग, अमृतनाथ तिमल्सिनालाई कार्यक्रम संयोजन विभाग, रामकृष्ण शर्मालाई अतिरिक्त क्रियाकलाप विभाग, देविका घर्तीमगरलाई आदिवासी तथा जनजाति विभाग, भौचप्रसाद यादवलाई मधेसी समुदाय तथा हेमकर्ण विकलाई कला तथा संस्कृति विभागको जिम्मा दिइएको छ । साथै, कोषाध्यक्ष इन्द्र आचार्यलाई आर्थिक विभागको जिम्मा दिइएको छ ।

बैठकले केही नयाँ विभाग थप गरी केन्द्रीय विभागको संख्या १३ पु¥याएको छ भने ९ सदस्यीय केन्द्रीय विभागमा सचिव प्रमुखले तोके बमोजिम केन्द्रीय सदस्य रहने निर्णय गरेको छ । बैठकले संगठनको केन्द्रीय कमिटी बैठक आगामी भदौको १४ र १५ मा पर्साको वीरगञ्जमा आयोजना गर्ने निर्णय गरेको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन भने केन्द्रीय कमिटी बैठकअघि बस्ने केन्द्रीय सचिवालय बैठकले प्रस्ताव गर्ने एक पदाधिकारीले जानकारी दिए । त्यसअघि विभागीय प्रमुख र इन्चार्जको कामलाई व्यवस्थित गर्न निर्देशिका तयार गरिने चौतारीले जनाएको छ ।