फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना, ७ जनाको मृत्यु
563पटक पढिएको
सम्पादक: धादिङ न्यूज
काठमाण्डौँ, २४ साउन । गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । हेलिकोप्टरमा गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि प्रिती गुरुङ्ग, गुरुङका ५ दिने छोरा, सासु अज्ञानी गुरुङ्ग र ससुरा कितमान गुरुङ्ग, स्थानीय अस्पालमा कार्यरत सिष्टर इटहरीकी निशा तामाङ्ग र ठेगाना नखुलेकी लक्ष्मी गुरुङ्ग रहेका गोरखाका प्रहरी उपरिक्षक जनकराज जोशीले जानकारी दिए । प्रितीका ५ दिने छोरा विरामी भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याउन गुरुङ परिवारले हेलिकप्टर चार्टर गरेको थियो ।