तिप्लिङ गाविसका माओवादी केन्द्रका नेताको करामत ,परिवारका ३ जना लाई गाविसको योजना

679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–धम्की र डरत्रास देखाएर यौटै परिवारका २÷३ जना व्यक्तिले तिप्लिङ्ग गाविसवाट विकास वजेट लिएर कामै नगरि रकम लिने गरेको तथ्य फेला परेकोछ । उत्तरी धादिङको तिप्लिङ्ग गाविसको परिषदले निर्णय गरेका साना ठुला स्थानीय योजनामा गाविस सचिवलाई डरधम्की देखाएर स्थानीय माओवादी केन्द्रका कार्यकर्ताले आफनै घरका परिवारका लाई २ देखि ३ वटा योजना संझौता गरि नक्कली विल भर्पाई पेश गरि रकम भुक्तानी लिएको फेला परेको छ । विभिन्न राजनैतिक दलका संयन्त्रहरु आफैलेनै गाउ“ विकासका योजनाहरुको उपभोक्ता समितीमा आफनै परिवारका सदस्यहरु लाई अलग अलग योजनाका अध्यक्ष वनाएको फेला परेकोछ । ‘ सार्वजनिक लेखा परिक्षणमा माओवादी केन्द्रका सदस्यका एकाघरका परिवारहरु आर्थिक नियमावली विपरित लाई ४० हजार देखि डेढ लाख सम्मका ३ वटा योजनाका उपभोक्ता समिती अध्यक्ष वनाएर रकम भुक्तानी दिएको देखियो ’ नेविसंघका जिल्ला अध्यक्ष समेत रहेका स्थानीय युवा डेभिड घलेले वताए । हाल सपरिवार वर्षौ देखि सदरमुकाम वसोवास गर्दै आएका तिप्लिङ्ग–७, लवदुङ्ग निवासी माओवादी केन्द्रका गाउं कमिटी अध्यक्ष खो तामाङ्गका एकै परिवारका ३ जनाले ३ वटा योजना सम्पन्न गर्न ३ लाख १५ हजार रकम भुक्तानी लिएको फेला परेकोछ । ‘बैनी छेमाया तामाङ्गले महिला शसक्तिकरणमा ५० हजार, भाई टेरेन्स तामाङ्गले उन्नत कृषि वीउ वितरण १५ हजार र खो तामाङ्गले ग्रामिण सडक सुधारको अढाई लाख रकम गाविस वाट लिएका थिए । महिला शसक्तिकरणमा कुनै पनि कार्यक्रम सम्पन्न नभै रकम भुक्तानी दिईएको, वीउविजन वितरणनै नगरिएको र सडक सुधारको साटो वडनं ७ को स्थानीय मजेत खोलामा सिंगै रुखका ३ वटा मुढा राखेर मान्छे तर्न लायक वनाउन ४० हजार खर्च गरेर वचेको रकमले अन्य कुनै काम नगरेको वहस सार्वजनिक सुनुवाईमा उठेको ’ स्थानीय युवा प्रज्वल तामाङ्गले वताएका छन् । माओवादी केन्द्रकै सदस्य हिमथापा तामाङ्गले गाउंमा उन्नत वोका वितरण गर्न लिएको ४० हजारले सदरमुकाम संग जोडिएको ज्याम्रुङ्गको किसानको घरमा पालेको तस्वीर देखाएर रकम भुक्तानी लिएको फेला परेकोछ । सदरमुकाममा घाडा लिएर वसेका हिम थापाकै छोरी ओममाया तामाङ्ग अध्यक्ष रहेको महिला सामुदायिक भवन निर्माणका लागी एक लाख रकम पनि हिम थापालेनै गाविस वाट वुझेका थिए । ‘गाविसका कुनै पनि वडामा महिला सामुदायिक भवन निर्माण गरिएको छैन ’ भर्खरै कार्यभार संम्हालेका गाविस सचिव ईन्द्रप्रसाद काफलेले वताए । एकै परिवारका सदस्यहरु लाई भिन्ना भिन्नै योजनाका उपभोक्ता समितीमा राख्न नियम विपरित भएको वताउदैं यस अघिका भुक्तानी प्रकृयाहरु प्ुर्व गाविस सचिवहरु भुवल विक र हिमवहादुर विक लाई थाहा भएको गाविस िसचिव काफले वताउंछन् । सार्वजिनक सुनुवाई अघिनै गाविस खातामा वितरण नभै वचेको सामाजिक सुरक्षाको ४ लाख २० हजार रकम पनि राजनैतिक दलहरु लाई वितरण गर्नु पर्ने माग राख्दै आएका हिम थापाले योजनाका विल भपाई च्यात्न खोजेर डर त्रास देखाए पछि गाविस सचिव काफलेले स्थानीय प्रशाासनमा उजुरी दिएका छन् । ‘गत आर्थिक वर्ष सम्म वितरण हुन नसकेको नक्कली सूची अनुसारको रकम नक्कली विल भर्पाई पेश गरि आपसमा वांडचुड हुदैं आएको रहेछ । मैले वैंक खातामा जम्मा गरि दिए पछि विवाद वढेको हो, ’ गाविस सचिव काफले वताउंछन् । इस अघिका आर्थिक वर्षहरुमा गाविसले लिने सिफारिस दस्तुरको रकम पनि आन्तरिक श्रोतमा नदेखिएको फेला परेकोछ । चालु साउन महिनाको तेस्रो साता सम्म २४ हजार रकम सिफारिस दस्तुर आन्तरिक श्रोतमा जम्मा गरि सकेका गाविस सचिवले अघिल्ला महिनाहरुको हर हिसाव फेला पार्न नसकेको वताउंछन् । सार्वजनिक सुनुवाई पनि सदरमुकाम स्थित भाडामा लिएको गाविस भवनमै आयोजना गरिएको थियो ।

–  हरिहरसिंह राठौर