प्रस्तावित नमूना शहर गल्छीमा बल्ल मोवाइल सेवा संचालनमा

506 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesप्रस्तावित नमूना शहर गल्छीमा बल्ल मोवाइल सेवा संचालनमा आएको छ । सरकारले घोषणा गरेको देशका प्रस्तावित १० वटा मध्येको एक शहर गल्छीमा नेपाल टेलिकमको नमस्ते र सिडियमए मोवाइल सेवा अहिले सम्म संचालनमा आउन सकेको थिएन । राजधानी काठकाण्डौंबाट चिनको केरुङ नाका जाने छोटो वाटोको रुपमा पृथ्वीराजमार्गको गल्छी चोक हुंदै जान सकिने भएपछि यस क्षेत्रमा अहिले व्यापारिक तथा अन्य आर्थिक विकासका चहल पहल बढ्दै गएपनि नेपाल टेलिकमको मोवाईल सेवा नहुदा आम उपभोक्ता मार खेप्न वाध्य हुंदै आईरहेका थिए ।
सेवा संचालन नभएका कारण नेपाल टेलिकमका ग्राहकहरु महंगो शुल्क तिरे निजी क्षेत्रबाट संचालित मोवाइल प्रयोग गर्न वाध्य हुंदै आईरहेका थिए । नेपाल टेलिकमले बैरेनी गाविस वडा नम्बर ८ डल्टारमा टावर निर्माण गरी थिज्रि सहितको मोवाइल सेवा संचालनमा ल्याएको हो । राजधानी काठमाण्डौंबाट ४६ किलोमिटरको दुरीमा रहेको गल्छी र आसपासको वजारमा अहिले सम्म नेपाल टेलिकमको कुनै पनि मोवाइल नचल्ने गरेकोमा अव भने त्यो समस्या समाधान भएको नेपाल टेलिकमले जनाएको छ ।
केही बर्ष यता गल्छीवजारमा शहरीकरण बढ्दै गएपनि आधारभुत सेवा सुविधा नपाउंदा यहाँका सर्वसाधारण सास्ती खेप्न वाध्य हुंदै आईरहेका छन । गल्छीमा मोवाइल सेवा संचालनमा आएपनि यहाँको बिद्युत्त सेवा अनियमित हुँदा यहाँका सर्वसाधरण, उद्यमी व्यवसायी,शिक्षण संस्था,बिद्युत्तमा आधारित विभिन्न उद्योग व्यवसायका संचालकहरु मर्कामा पर्दै आईरहेका छन ।
गल्छीमा मोवाइल सेवा नचलेको विषयमा धादिङ न्यूज डट कमले निरन्तर आवाज उठाउंदै आईरहेको थियो ।