स्वतन्त्र संचारमाध्यम हमलाको प्रयास, जनताको अवरोधले रेडियो धादिङ जोगियो

834 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????
????????????????????????????????????

धादिङ, – बनक्षेत्र भित्र भवन निमार्ण गरेको भन्दै जिल्ला वन कार्यालय धादिङले रेडियो धादिङ स्टुडियो रहेको भवन भत्काउन रोज्दा स्थानीय जनताले अवरोध गरेपछि कार्यालय पछि हटेको छ । विहान १२ वजे नेपाल प्रहरी र शसस्त्र पहरी सहित जेसीवि लिएर जिल्ला वन कार्यालयका जिल्ला वन अधिकृत यमनाथ पौडेल रेडियो धादिङको स्टुडियो रहेको भवन भत्तकाउन पुगेका थिए । दिनभरको स्थानीयको अवरोध पछि सवाँ ५ वजे भवन नभत्तकाई फर्केका हुन । रेडियो सञ्चालन गरेको भवन भत्काउन अवरोध गर्ने सञ्चालक समिति सदस्य ठाकुर वुर्लाकोटी र रेडियो सञ्चालन सहयोग समिति सदस्य एवं यूवा परिषद जिल्ला अध्यक्ष हरि बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

????????????????????????????????????
????????????????????????????????????

 

????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????
????????????????????????????????????

 

२०६३ सला पुष २१ गतेबाट औपचारीक सञ्चालनमा रहेको रेडियो धादिङ १०६ मेगाहर्ज ग्रामीण सञ्चार सहकराी संस्था लिमिटेडले सञ्चालन गरेको जिल्लाको पहिलो रेडियो हो । २०७२ वैशाख १२ गते गएको विनाशकारी भुकम्पले रेडियो वसेको घर र भौतिक पूर्वाधारमा क्षति पुगेपछि नयाँ भवन बनाएर सरेको हो । नीलकण्ठ नगरपालिका वडा नं. ८ अमरावती सामुदायिक वन उपभोक्ता समितिले बन क्षेत्र भित्र खाली जग्गा भवन निमार्णलाई दिएको र जिल्ला वन कार्यालयले समेत कवुलियति बन बनाउन प्रक्रिया अगाडी बढाएपछि भवन निमार्ण गरिएको सञ्चालन ठाकुर वुर्लाकोटीले बताए । भवन निमार्ण गर्न अर्माक–बी.एच.एन–जे.पि.एफ संयुक्त सहयोग सहयोग ११ लाख, सांसद विकास कोषको १० लाख, पर्यटन वोर्डको ७ साल सहित स्थानीय सहयोगी र रेडियो धादिङको करिव १० लाखमा भवन निमार्ण सम्पन्न हुर्दैछ । रेडियो सञ्चालक संस्था ग्रामीण सञ्चार सहकारी संस्थामा १७५ जना भन्दा बढी समाजसेवी, राजनीतिज्ञ, व्यापारी, सामाजिक संघसस्ंथा र शिक्षक सहितका सदस्यहरु रेहकाछन् । रेडिायोले नेपालमै पहिलो पटक चेपाङ भाषमा समाचार उत्पादन र प्रसारण गर्दै आएको छ । स्थानीय सामुदायिक वन उपभोक्ता समितिको सहमतिमा रेडियो कवुलियती बनाएर लिन जिल्ला बन कार्यालय धादिङ र मध्यमाञ्चल क्षेत्रिय वन निर्देशनालयमा २०७२ असार ३१ गते आवश्यक कागजात पेश गरी सोही दिन निर्देशालयलाई आवश्यक प्रक्रिया पुरा गर्न पत्रचार गरिसकेको स्टेशन मेनेजर राजाराम शर्माले बताए ।