धादिङका उद्योग व्यवसायमा ९१ करोड लगानी, ४८ सयलाई रोजगारी

650 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

a648e59d2cc6fcc1ddd936793f58be3cधादिङ, १ भदौ । जिल्लामा पछिल्लो समय उद्योग व्यवसायमा लगानी गर्ने क्रम बढेको देखिएको छ । स्थानीय सरोकारवालाको अनुगमन र व्यवसायीमा आएको सचेतनाले दर्ता गरेर मात्र उद्योग व्यवसाय सञ्चालन गर्ने प्रवृत्ति बढेको घरेलु तथा साना उद्योग विकास समिति धादिङका उद्योग अधिकृत विजयकुमार भट्टराईले बताए ।

जिल्लाभरका ६ हजार १६३ उद्योग व्यवसायमा ९० करोड ९४ लाख ३३ हजार ५३६ रुपैयाँ लगानी भएको उनले जानकारी दिए । सञ्चालनमा रहेका उद्योग व्यवसायमा १३ सय ७६ महिला र ३४ सय ६८ पुरुष कामदारले रोजगारी पाएका छन् ।

आर्थिक वर्ष ०७२/७३ मा उद्योग दर्ता तथा नवीकरण र पुँजी वृद्धिबाट ४८ लाख २७ हजार ६८० रुपैयाँ र वाणिज्य दर्ता तथा नवीकरण र पुँजी वृद्धिबाट ३३ लाख ९५ हजार ७८५ रुपैयाँ गरी ८२ लाख २३ हजार ४६५ रुपैयाँ राजस्व संकलन भएको भट्टराईले बताए ।

गत आवमा वाणिज्यतर्फ ३८९ फर्म दर्ता, २५३ नवीकरण र ६३ फर्मको पुँजी वृद्धि भएको छ । उद्योगतर्फ ५८१ वटा फर्म दर्ता, १४० वटा फर्म नवीकरण र २४ वटा फर्मको पुँजी वृद्धि गरेको छ ।

सो वर्ष ६ वटा खोरजी गरेको छ भने १६ वटा उद्योगको नामसारी गरेको छ । जिल्लामा ५० क्रसर उद्योग, ६९ वटा फिरफिरे (बालुवा प्रशोधन गर्ने) ३१ इँटा उद्योग सञ्चालनमा छन् । ब्लक उद्योग र इँटा उद्योग दर्ता गर्ने क्रम भूकम्पपश्चात् ह्वात्तै बढेको छ । पछिल्लो समय कृषकहरूले पनि कृषि तथा पशुपालन फर्महरू दर्ता गर्ने क्रम बढेको उद्योग अधिकृत भट्टराईले बताए कारोवार डेलि डट कमले खबर लेखेको छ ।