को हुन् लोकगायक खेमराजको निधनमा ट्विटरमा खुसी व्यक्त गर्ने तल्लो रामपुरकी रिता?

825 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14054955_1773276052961923_2294933551200746824_n-430x300लोकप्रिय गायक खेम गुरुङको निधनमा खुसीयाली व्यक्त गरेको शव्द सामजिक सञ्जाल ट्विटरमा लेखेपछि धादिङ जिल्लाको चैनपुर गाविसको तल्लो रामपुर ठेगाना बताउने  रिता सिलवालको नाममा सामजिक सञ्जालमा यति बेला कडा प्रतिकृया र टिप्पणी आएका छन ।

जतिसुकै दुष्मन भएपनि उस्को मृत्युमा रमाउने संसारमा विरलै होलान । रिता सिलवाल नाम गरेकी युवतीको नामबाट चलाईएको ट्विटर प्रयोगकर्ताले पनि मानविय संवेदना कुल्चदै अत्यन्तै निच शव्दको प्रयोग ट्विट गरेपछि यो बिषय विवादित बन्न पुगेको हो । खेमराज गुरुङको पर्याय हो ‘वारि जमुना पारि जमुना’ गीत । यही पूर्वेली भाकाबाट उनले डेढ दशकअघि देश विदेश नै गुञ्जायमान पारेका थिए । चर्चित गायक खेमराज निधन प्रति सामाजिक संजालमा किन यस्तो लेखिन को हुन् रिता सिलवाल मरेर गएका कलाकार को सम्मान हुनु छैन तर आज उनै कलाकार जो बितेर गया सामाजिक संजाल टुईटरमा यस्तो सम्म लेख्ने व्यक्ति को हो रुयसको नेपाली कलाकार ले खोजि गरि कारबाही’गर्नु पर्ने देखिन्छ ।

ट्विटर प्रयोगकर्ता रिता र स्वर्गिय गायक गुरुङको बिचमा केही दुष्मनी थियो भन्ने वारेमा केही खुल्न नसकेपनि मरेर गएका कलाकारको वारेमा अत्यन्तै संवेदनहिन भएर लेख्नुको कारण भने खुल्न सकेको छैन ।रिताको नामबाट चलेको ट्विटरको प्रयोगकर्ता उनी नै हुन या अरु कसैले यो प्रयोग गरिरहेको छ भन्ने वारेमा प्रश्न खडा भएको छ । सामाजिक सञ्जालबाट व्यक्त गरिएका शव्दहरु हेर्दा रिता सिलवाल कुनै राजनैतिक दलको आडमा समाजमा वितण्डा मच्चाउने व्यक्ति भएको स्पष्ट हुन्छ । रिता सिलवालको कारणले धादिङ जिल्लाकै वदनाम हुन पुगेको छ । यो व्यक्ति को हो खोजेर कानूनी कारवाहीका लागि पहल हुनु जरुरी छ ।जीवनको खोला तर्दै सदाका लागि बिदा भएका कलाकार खेमराज आज हाम्रा सामु छैनन् तर उनका आवाजलाई हामी सुन्न सक्छौ । मरेर गएपनि देश देखि विदेश सम्म चर्चामा रहेका, नेपालीहरुको माझमा चम्किलो तारा बनेर रहिरहने लोक गायक स्वर्गिय खेम गुरुङको बिरुद्ध किन यस्ता शव्दको प्रयोग गरिएको छ , यो काममा को को लागेका छन तिनिहरुको पहिचान हुनु जरुरी छ । रिता सिलवाललाई कारबाही होस् भन्दै सबै कलाकारहरुले माग गरेका छन्।