भूकम्पले क्षतिग्रस्त घर भत्किँदा बालकको ज्यान गयो

398 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ,१७ भदौ ः – धादिङको गजुरी गाउँ विकास समितिको वडा नं ५ साने भञ्ज्याङमा घर भत्किँदा एक बालकको ज्यान गएको छ ।

विहिबार बेलुका घर भत्किँदा ६ वर्षे राजकुमार चेपाङको ज्यान गएको धादिङका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए ।

घरले च्यापिएर उनका सिन्धुली घर भएका भिनाजु सन्तोष कार्र्की घाइते भएका छन् भने एउटा बाख्रा पनि मरेको छ ।

चेपाङ परिवार भूकम्पले चर्काएको घरमै बस्दै आइरहेका थिए । चर्केको घर भत्केपछि चेपाङको मृत्यु भएको हो ।