अन्तरजातीय विवाह गरेको भन्दै हत्या आरोपमा तीन पक्राउ
502 पटक पढिएको
अन्तरजातीय विवाह गरेपछि केटालाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे, भैंसीथोकका एका घरका ३ जना लाई पक्राउ गरेको छ । गत असार ३० गते विहान धादिङको कुम्पुर–३ स्थित फुर्केखोला पुल छेउमा रहेको काठको मचानघरमा काभ्रेका अजित ढकाल मिजारको लाश झुण्डिरहेको अवस्थामा फेला परेको थियो ।
दलित अधिकारकसर्मीहरुले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा दवाव दिएपछि मिजारले बिहे गरेको भनिएका काभ्रे–ज्याम्दी–९ की कल्पना पराजुलीका ४७ वर्षीय बाबु भोजवहादुर पराजुली, २३ वर्षीय उनकै दिदी सम्झना पराजुली र भैंसीथोक–४ निवासी भोजवहादुरका भतिजा २७ वर्षीय विनोद पराजुलीलाई पक्राउ अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको हो ।
अजितका बाबु हरिभक्तले छोराले कल्पना पराजुलीसँग अन्तरजातीय विवाह गरेपछि डरधम्की दिई केटीलाई फर्काएको र केटालाई अपहरण गरि हत्या गरेको किटानी जाहेरी दिएका छन् इ कान्तिपुरमा खबर छ ।
धादिङमा भेटिएको अजितको शवको सनाखत हुन नसकेपछि गजुरीस्थित अस्पतालमा ३ दिन राखेको थियो । तर, अस्पतालका छरछिमेकीले शवको दुर्गन्ध सहन नसकी दाह संस्कार गर्न दवाव दिए पछि प्रहरीले शव परिक्षण गरी तेश्रो दिन त्रिशुली किनारमा गाडेको थियो । गजुरीका तत्कालिन प्रहरी निरिक्षक प्रकाश जलेगुले आफनो सामाजिक सञ्जालमा अपरिचित युवाको लाश फेला परेको लेखेर पोष्ट गरे पछि परिवाजनले चिनेर प्रहरीलाई खवर गरेका थिए । प्रहरीले उक्त लाश पुन: निकालेर थप परिक्षणको लागि राजधानीस्थित शिक्षण अस्पतालमा पठाएको थियो ।
उक्त घटनालाई नेपाल दलित संघलगायत दलित अधिकारकर्मीहरुले मृत्यु रहस्यमय भएकोले निष्पक्ष छानविन गर्नुपर्ने माग गरेपछि गृह मन्त्रालयले सहायक प्रजिअ लिलाधर अधिकारीको सुंयोजकत्वमा छानिवन समिति गठन गरेको थियो । छानविन समितिले काभ्रेमै पुगेर दुवै पक्षसंग सोधपुछसमेत गरेको थियो ।
हत्या भएको पर्याप्त आधार नभएको भन्दै प्रहरीले कसैलाई पनि पक्राउ नगरेपछि दलित अधिकारकर्मीहरु प्रधानमन्त्री कार्यालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतमा थप दवाव दिन पुगेका थिए ।