मौलिक म्युजिकल नाइट हुने
892 पटक पढिएको

मौलिक गीत संगितको संरक्षण र संबर्द्धनका लागि यही शुक्रबार “मौलिक म्युजिकल नाइट” हुने भएको छ। विभिन्न भाषा-भाषीका कलाकारहरुको प्रस्तुती रहने भएकोले मौलिक म्युजिकल नाइट नाम दिइएको यस सांगितिक कार्यक्रमको आयोजना सोसियल डेभेलपमेन्ट फाउन्डेसन, धादिङ्ले गरेको हो। राष्ट्रिय नाच घर, जमलमा दिनको २ बजे देखी शुरु गरिने कार्यक्रमको सम्पूर्ण तयारी भैसकेको कार्यक्रम संयोजक सुक सागर तामाङ धादिङन्युज डट कमलाई बताउनु भयो।
कार्यक्रममा गायक रोज मोक्तान, गायिका इन्दिरा गोले गुरुङ, गायक हेम वाइबा, नेपाली तारा ध्रुव तामाङ, गायक कमल खत्री, म्हेन्दोमाया गायक किर्ती तामाङ, डान्सर मुन्ना घले, गायक सैलेश शाही, म्हेन्दोमाया गायक पुष्प वाइबा र सन्दिप स्याम्चेन लगायत अन्य कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिनु भयो ।
– See more at: http://r0d.ed3.myftpupload.com/?p=25711#sthash.TWyiSp9s.dpuf