भुकम्पपिडितहरुको लागि अभिमुखकिरण कार्यक्रम
518 पटक पढिएको
धादिङ जिल्लाको भुकम्प पिडितहरुका लागी गरिबि निवारण कोषको साझेदार सस्थाहरुद्धारा भुकम्प प्रतिरोधि घर निर्माण र लाभग्राही ले प्राप्त गर्ने सुबिधाको बिषयमा एक दिने अभिमुखीकरण कायृक्रम चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज को आयोजना गरिबी निवारण सामुदायिक सस्था सञ्जालको व्यवस्थापनमा खाल्टे ८ महेन्द्र निमाबी को प्राङगणमा सम्पन्न गरियो । कार्यक्रममा सिड्स, धादिङका प्राबिधिक सरोज तामाङ र सन्तोष जमरकटेलले कार्यबिधि र पिडितले ध्यान दिनु पर्ने बिषयहरु साथै भुकम्प प्रतिरोधि घरको बिषयमा जानकारी गराईएको कार्यक्रममा कोल्चेत सामुदायिक सस्था, लागी गुँरास सामुदायिक सस्था, वागेश्वरी सामुदायिक सस्था र साउनेपानी सामुदायिक सस्थाका सदस्यहरु ६० जनाको सहभागीता रहेको थियो कार्यक्रम २९ गते स्यालडाडा, ३० गते फ्याक्से र ३१ ग्ते पात्लेमा सञ्चालन गरिने रहेको छ । घर सम्झौता भई निर्माणको चरणमा सिड्स धादिङले दिएको सुचना गरिब तथा विपानन परिवारका लागि महत्वपूर्ण रहेको कायृक्रममा सहभागी राम वहादुर तामाङले वताउनु भयो ।