पत्रकार बाशु श्रेष्ठ माथि लगाईएको आरोप झुठो सावित हुंदै

535 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

14233092_1115935738455890_7104313873541890263_nएभिन्यूज खबर टेलिभिजनका धादिङ समाचारदाता वासु श्रेष्ठ माथि नुवाकोट जिल्लाको तारुकावासीे लगाएको आरोप पुष्टि हुन नसक्दा श्रेष्ठलाई घाईते हुने गरी कुटपिट गरेर प्रहरीकोमा बुझाउनेहरु अहिले आँफै संकटमा परेका छन ।
भदौ अर्काको श्रीमती भगाएर काठमाण्डौंमा लुकाई राखेको आरोपमा भदौ ३१ शुक्रवार श्रेष्ठलाई नुवाकोट जिल्लाको तारुका गाविसमा स्थानीयले निर्घात कुटपिट गरी घाईते अवस्थामा प्रहरीलाई बुझाएका थिए ।
तारुका निवासी उद्धव श्रेष्ठको श्रीमती भगाएर निजको ३५ लाख रुपैया समेत खाईदिएको आरोपमा वासुलाई स्थानीयले कुटपिट गरी पहरीलाई बुझाएपछि दुई दिन सम्म उनलाई नुवाकोट जिल्ला प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो । आरोप लगाउनेहरुले ठोस प्रमाण पेश गर्न नसकेपछि प्रहरीले वासुलाई छाडिदिएको थियो । शुरुमा वासु माथि आरोप लगाउनेहरुले विभिन्न जघन्य आरोप लगाएपनि प्रहरीले त्यस विषयमा अनुसन्धान शुरु गर्दा जवाफ दिने मान्छेनै वेखबर वन्न थालेपछि उनि माथि लगाएको आरोप गलत सावित हुन पुगेको हो । तारुकाका स्थानीयले लगाएको आरोप पुष्टि भए आफुँ जस्तो सुकै सजायँ भोग्न तयार भएको वासुले धादिङ न्यूजलाई वताए ।
आंफु माथि लागेको आरोप झुठो भएको र केही व्यक्तिले विना कारण चरीत्र हत्या गर्नुका साथै सार्वजनिक रुपमा वेइज्जत गरेको भन्दै वासुले कानूनी उपचारको पहल शुरु गरेका छन । वासु पक्राउ परे लगत्तै स्थानीयले दिएको तथ्यका आधारमा धादिङ न्यूज डट कमले पनि एभिन्यूज खबर टेलिभिजनका धादिङ समाचारदाता वासु श्रेष्ठ नुवाकोटको तारुकाबाट पक्राउ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
दुई दिन प्रकाशित उक्त समाचारमा वासु माथि लागेको थप आरोप पुष्टि हुने कुनै आधार नभेटिए लगत्तै न्यूज हटाईएको थियो । वासु माथि लागेको आरोपको अनुसन्धान गरिरहेको प्रहरीले पनि आरोपमा भनिए जस्तै ठोस प्रमाण भेट्न नसकेपछि वासुलाई सफाई दिएको छ । धादिङको खानीखोला निवासी श्रेष्ठमाथि लागेको आरोप सही भएको भन्दै स्थानीयले दिएको सूचनाको आधारमा धादिङ न्यूजले सम्प्रेषण गरेको समाचारलाई आधार मानि कतिपय व्यक्तिले वासुलाई अपमान गर्ने, समाचार तोडमोड र वढाई चढाई गरी गलत प्रचार गर्नेकार्य गर्न थालेपछि धादिङ न्यूजले उक्त समाचारलाई मेटाईदिएको छ ।

समाचार सच्चाईएको बारे 

(यस अघि यहि स्थानमा प्रकाशित समाचारको कारण एभिन्यूज खबर टेलिभिजनका धादिङ समाचारदाता बाशु श्रेष्ठ माथि पर्न गएको असहजता प्रति हामी गम्भिर भएका छौं । समाचारको श्रोत अविश्सनिय भईदिंदा समाचार संग सम्वन्धित व्यक्तिले भोग्नु परेको समस्याबाट हामी दुखित छौं । हाम्रो उद्धेश्य कोही कसैको मान मर्दन, चरित्र हत्या, अपमान हुने खालका समाचार सम्प्रेषण गरी समाजमा गलत प्रचार प्रसार गर्नु गराउनु भने हुंदै होइन । समाचारको श्रोत विश्वसनियतालाई ख्याल गर्दै अवका दिनमा हामी यस्ता सवालहरुमा अझै सचेत र सजग रहंदै अघि बढ्नेछौं । गलत श्रोतका कारण समाचार संग सम्वन्धित रहेका नामका पात्रहरु प्रति पर्न गएको असुविधा प्रति हामी क्षमा प्रार्थि छौं ।)
सम्पादक
एवम धादिङ न्यूज डट कम परिवार