चितवनका जिशिअ दामोदर आचार्यलाई धादिङको जिशिअमा सरुवा

417 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङका जिल्ला शिक्षा अधिकारी गणेश ढकाललाई शिक्षा मन्त्रालयको उप सचिवमा सरुवा गरिएको छ भने चितवनका जिशिअ दामोदर आचार्यलाई धादिङको जिशिअमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयले शुक्रबार आधारातमा जिल्ला शिक्षा अधिकारीहरुको सरुवा गरेको हो । । उपत्यकाका भक्तपुर, ललितपुर सहित नुवाकोट, तनहुँ, मनाङ्, महोत्तरी सहितका २५ जिल्लाका जिशिअलाई यथावत राखि अन्य जिल्लामा सरुवा गरिएको मन्त्रालय श्रोतले जनाएको छ ।त्यसै गरी शिक्षा मन्त्रालयका उप सचिव कर्णवहादुर भुवाजीलाई धादिङको उप जिशिअमा,अनौपचारिक शिक्षा केन्द्रका उप निर्देशक प्रेमकुमार भट्टराईलाई धादिङको उप जिशिअमा,काठमाण्डौका बिद्यालय निरीक्षक दुर्गाप्रसाद सिलावाललाई धादिङको बिद्यालय निरीक्षकमा सरुवा गरिएको छ ।
यसै गरी जिल्ला शिक्षा कार्यालय धादिङका सहायक जिल्ला शिक्षा अधिकारी बद्री बस्नेतलाई बिद्यालय शिक्षक किताव खानामा उपसचिव पदमा,बिद्यालय निरीक्षक कृष्णप्रसाद अधिकारीलाई काठमाण्डौको बिद्यालय निरीक्षकमा, धादिङका अर्काै बिद्यालय निरीक्षक प्रविनकुमार भट्टराईलाई रौतहट सरुवा गरिएको छ ।