अनुदान लिन भूकम्पपीडितलाई सास्ती

487 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

unnamed-1-1धादिङ । अनुदान रकम लिन भूकम्पपीडितलाइ सास्ती भएको छ ।
सरकारले अति विकट गाउँविकास समितिमा अस्थाई रूपमा बैंकिङ सेवा स्थापना गरी भूकम्पपीडितलाई सहज रूपमा अनुदान रकम वितरण गर्ने निर्णय गरेको थियो । तर धादिङका विकट गाउँविकास समितिमा उक्त निर्णय कार्यान्वयन नहुँदा भूकम्पपीडित एक हप्तासम्म लगाएर अनुदान रकम लिन धादिङबेशी आउन बाध्य छन् ।
धादिङबेशीमा अनुदान रकमको पहिलो किस्ता लिन आएका गुम्दीका वीरबहादुर गुरुङले घरबाट धादिङबेशी आउन निकै समस्या भएको बताए । उनले भने, ‘गाउँमा जस्ताले बारेर बसेका छौं, सरकारले घर बनाउन अनुदान भनेको थियो त्यही लिन पनि धादिङबेशी हिँडेर आउनुपर्छ, पालो कुर्नुपर्छ समय लाग्छ । बस्नखान धेरै खर्च हुन्छ ।’ धादिङको ग्रामीण सडकमा सवारीसाधन बन्द छ । भूकम्पपीडित हिँडेरै सदरमुकाम आउनुपर्ने अवस्था छ इ हिमालय टाईम्समा खबर छ ।
केही भूकम्पपीडित आएका भएपनि पहिलो किस्ता लिनकै लागि ७ देखि १० हजारसम्म खर्च भएको उनीहरू बताउँछन् । किस्ता किस्तामा वितरण हुने अनुदान रकम दिन धादिङबेशी धाउनु पर्दा अनावश्यक खर्च हुने गरेको छ । गाउँबाट सदरमुकाममा अनुदान रकम लिन आउँदा पहिलो किस्ताको रकम त बाटो खर्चमै सकिने गुम्दीकी गंगामाया तामाङले बताइन् । उनले भनिन्, ‘१४ घण्टा हिँडेर आइपुगेको खुट्टा दुखेको छ, पालो पाइँदैन, खानु प¥यो बस्नु प¥यो यसरी नै हो भने त पैसा लिन आउँदा धरै रकम सकिन्छ जस्तो छ । कसरी घर बनाउनु ?’ गाउँबाट आउँदा खर्चको बढी हुने र पैसा लिएर जाँदा चोरीको पनि समस्या हुने भएकाले गाउँमा रकम वितरण गर्ने व्यवस्था मिलाई दिनसमेत माग गरेका छन् ।