भुकम्पपिडित जनताले गाँउ जान दिएनन्’ : सांसद घले

493 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhan-bdr-ghale१६ असोज,काठमाडौ । धादिङ क्षेत्र नम्वर १ का सांसद तथा नेकपा एमालेका नेता धन बहादुर घलेले जिल्लामा सांसदलाई भुकम्पपिडितले प्रवेश रोक लगाएको बताएका छन ।

शुन्य समयमा आइतबार संसदमा बोल्दै उनले धादिङमा अधिकांश गाविस भवनमा पिडितले तालाबन्दी गरेको भन्दै उनले यसको सामाधान गर्न सभामुखसंग माग गरे ।

उनले धादिङमा ८९ हजार घरधुरी मध्ये १४ हजार घरधनीको नाम छ्टेको बताए । घलेले आफुहरुलाई जनताले भुकम्पपिडितहरुको आवास निर्माणमा ध्यान नदिइएको आरोप लगाएको र जवसम्म जनताले अनुदान सम्झौता गर्न पाउदैनन् तवसम्म आफुहरु गाँउ जान नसक्ने अवस्थामा रहेको गुनासो गरे ।

उनले सरकार र सम्वन्धित निकायले यसमा गम्भिर हुनुपर्नेमा जोड दिए ।