मन्त्रीका पीए हुँदै डीएफओ बन्दै

564 पटक पढिएको

सम्पादक: Dhading News

मन्त्रीको पीए बनेर आकर्षक र कमाइ हुने जिल्लामा सरुवा माग्ने प्रवृत्ति

10252086_856843677683638_7670280027395780717_n– ओली सरकारको पालामा वनमन्त्री रहेका अग्निप्रसाद सापकोटाले पनि निजी सचिव रहेर काम गरेका उपसचिव इमनाथ पौड्याललाई धादिङको डीएफओ बनाएका थिए । मन्त्री सापकोटाले बारामा सहायक वन अधिकृत रहेका पौड्याललाई मन्त्रालय तानेर पीए बनाएका थिए । करिब ४ महिना मन्त्रीको सचिवालयमा काम गरेपछि उनी धादिङको डीएफओ भएर आए । धादिङ आए देखि पौडेलको कृयाकलाप विवादरहित हुन सकेन । 

-‘मन्त्रीको पीए बनेर आकर्षक र कमाइ हुने जिल्लामा सरुवा माग्ने परम्परा नै बस्यो,’

-मन्त्रीकोमा पीए बसेर डीएफओ हुनेहरू मापदण्ड र अवधि पुगेका परिपक्व होलान्,’, ‘अरू त सबैले बुझेकै छन् ।’-वन सचिव कृष्णचन्द्र पौडेल

वनमन्त्री शंकर भण्डारीको ठाडो आदेशमा वन मन्त्रालयका उपसचिव रोमराज लामिछाने मंगलबार रूपन्देहीको जिल्ला वन अधिकृत (डीएफओ) बनेका छन् । मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखामा रहेका लामिछाने भण्डारी वनमन्त्री भएलगत्तै उनका निजी सचिव (पीए) बनेका थिए । लामिछानेले तराईका जिल्लामा डीएफओ बन्न चाहेका भए पनि मन्त्रालय र विभागले गर्ने नियमित सरुवाको सूचीमा पर्न सकेका थिएनन् ।

सचिवालयमा बस्दै मन्त्रीसँग नजिकिएर डीएफओ बन्ने लामिछाने एक्ला भने होइनन् । ओली सरकारको पालामा वनमन्त्री रहेका अग्निप्रसाद सापकोटाले पनि निजी सचिव रहेर काम गरेका उपसचिव इमनाथ पौड्याललाई धादिङको डीएफओ बनाएका थिए । मन्त्री सापकोटाले बारामा सहायक वन अधिकृत रहेका पौड्याललाई मन्त्रालय तानेर पीए बनाएका थिए । करिब ४ महिना मन्त्रीको सचिवालयमा काम गरेपछि उनी धादिङको डीएफओ बनेका थिए ।

सापकोटाअघिका वनमन्त्री महेश आचार्यले पनि सुरुमा पीए भई काम गरेका नवराज काफ्ले र सुशील भण्डारीलाई डीएफओ बनाएका थिए । काफ्लेलाई दाङ र भण्डारीलाई संखुवासभाको डीएफओ बनाइएको थियो । काफ्ले दाङबाट डडेलधुरा हुँदै भर्खरै सल्यानको डीएफओमा सरुवा भएका छन् ।

‘मन्त्रीको पीए बनेर आकर्षक र कमाइ हुने जिल्लामा सरुवा माग्ने परम्परा नै बस्यो,’ मन्त्रालयका एक अधिकारीले  भने, ‘राम्राभन्दा पनि मन्त्रीहरूले हाम्रालाई हेर्ने चलन राम्रो होइन ।’

आचार्य अघि वनमन्त्रीसमेत रहेका टेकबहादुर घर्तीले पनि पीए रहेर काम गरेका राजु क्षत्रीलाई बाजुराको डीएफओ बनाएर पठाएका थिए । बाबुराम भट्टराई नेतृत्वको सरकारमा वनमन्त्री रहेका मुहम्मद वकिल मुसलमानले पनि अधिकृत महेन्द्र चौधरीलाई केही समय पीए बनाएका थिए । ‘मुसलमानले पछि तिनैलाई कैलालीको भूसंरक्षण अधिकृत बनाएर पठाएका थिए,’ मन्त्रालय स्रोतले भन्यो ।

पुष्पकमल दाहालको अघिल्लो पटकको पालामा वनमन्त्री रहेका किरण गुरुङले पनि कमलजङ कुवँरलाई पीए बनाएका थिए । तर, मन्त्री गुरुङ र कुवँरबीच बीचमै मनमुटाब भएपछि कुवँर अलग्गिए ।

वन सचिव कृष्णचन्द्र पौडेलले पहिला मन्त्रीकोमा पीए बसेर डीएफओ हुने परम्परालाई ‘बन्ने र बनाउने बीचको बुझाइ’ (अन्डरस्ट्यान्डिङ) भनी टिप्पणी गरे । ‘त्यस्ता डीएफओहरू मापदण्ड र अवधि पुगेका परिपक्व होलान्,’ उनले भने, ‘अरू त सबैले बुझेकै छन् ।’

निकुञ्जमा काखापाखा
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गर्ने हरेक पल्टको सरुवामा विभेद हुने गरेको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् । उपसचिवको दरबन्दी रहेको बर्दिया निकुञ्जमा लामो समयदेखि अधिकृतस्तरका रमेशकुमार थापालाई प्रमुखको जिम्मेवारी दिइएको छ भने उपसचिव मनोज साहलाई लामो समयदेखि मकालु बरुण निकुञ्जमै छन् ।

‘उपसचिव साहलाई लामो समयदेखि हिमाली निकुञ्जमै थन्क्याउनु र अधिकृत थापालाई जहिल्यै तराई र सुगममा प्रमुख बनाउनुजस्तो विभेद अरू के हुन्छ ?’ एक अधिकारीले प्रश्न गरे ।

मन्त्रालयले दुई वर्ष हिमाली निकुञ्जमा पर्ने लाङटाङमा प्रमुख रहेका हरिभद्र आचार्यलाई भने सुगम र आकर्षक मानिने पर्सा वन्यजन्तु आरक्षको प्रमुखमा सरुवा गरेको छ । पर्साका प्रमुख युवराज रेग्मीलाई लाङटाङ सरुवा गरिएको छ ।

भट्ट मन्त्रालय तानिए
लामो समयदेखि टिम्बर कर्पोरेसनमा कहिले महाप्रबन्धक र कहिले विभिन्न महाशाखा प्रमुख रहेका रामचन्द्र भट्ट मन्त्रालय तानिएका छन् । सचिव कृष्णचन्द्र पौडेलले भने टिम्बरलाई समेत समेटेर एउटा अलग्गै आपूर्ति कम्पनी बनाउने प्रक्रियामा विज्ञका हिसाबले काम गराउन भट्टलाई बुधबारदेखि मन्त्रालय सरुवा गरिएको कान्तिपुरलाई बताए । त्यसका लागि मन्त्रालयका कानुन उपसचिव र विभागका प्रतिनिधि रहेको एक कार्यदल बनाइएको र भट्टले त्यसको नेतृत्व गर्ने उनले बताए ।

सरुवा रोकिएन
मन्त्रालयले रामेछापका डीएफओ केदारनाथ पौडेललाई चितवन, प्यूठानका धनन्जय लामिछानेलाई मन्त्रालय, सुदूरपश्चिमाञ्चल वन निर्देशनालयका रमेशबहादुर चन्दलाई कैलाली, हरिशंकर श्रेष्ठलाई रामेछाप, दीपक ज्ञवालीलाई मोरङबाट अर्घाखाँची र सुधीर कोइरालालाई तालिम महाशाखाबाट मोरङको डीएफओमा सरुवा गरिएको छ इकान्तिपुरमा खबर छ ।