तसर्पुमा जिप पल्टिंदा एक महिलाको ज्यान गयो,१२ गम्भिर घाईते

695 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images-4तसर्पु – धादिङको तसर्पु गाविस वडा नम्बर ८ काम्राङमा बिहीबार बेलुका भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । दशैँको लागि सामान किनेर घर फर्कदै गरेका गाउँलेहरु चढेको जिप बेलुका ८ बजे गाउँ नजिकै पुगेपछि दुर्घटना हुँदा एक महिलाको घटनास्थलमानै ज्यान गएको हो । दुर्घटनामा परि ज्यान गुमाउनेमा ३८ बर्षिया कि निशाा थापा रहेको ईलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ । घटनामा अन्य १२ जना घाईते भएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य केन्द्रहरुमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाण्डौं पठाईएको छ । पृथ्वीराजमार्गको महादेवबेशीबाट सामान र यात्रु लिएर तसर्पुको काम्राङका लागि ग्रामीण सडक  हुंदै जाँदै गरेको बा ५ च ६२४८ नम्बरको बोलेरो जिपमा क्षमता भन्दा बढि यात्रुहरु रहेको कारण उकालो वाटोमा जिप अनियन्त्रित भई सडकबाट  ४० फिट तल खसेको  खसेको प्रहरीले जनाएको छ ।