logo

ऐन प्रभावकारी कार्यान्वयन नहुँदा अन्तर्जातीय विवाह गरेका धेरै युवाले ज्यान गुमाए

649 पटक पढिएको

सम्पादक: Dhading News

dalitधादिङ : , बाहुन जातकी केटी संग प्रेमविवाह गरेकै कारण काभ्रेका अजित मिजार केही महिना अघि रहस्यमय ढंगबाट मारिए । धादिङको फुर्केखोलामा रहेको पौवामा झुण्डिएको अवस्थामा भेटिएको अजितको शव स्थानीय प्रशासनले परिवारलाई जानकारीनै नदिई नदी किनारमा लगेर गाडेर घटनालाई गुपचुप राख्ने प्रयास ग¥यो । परिवारका सदस्यलाई धादिङको प्रशासनले शव दिन इन्कार गरेपछि राष्ट्रिय दलित आयोगको पहलमा गाडिएको शव उत्खनन भई परिवारको जिम्मा लगाईयो । अजितको हत्याको बिषय अहिले राष्ट्रिय चासोको बिषय वनेपनि उनको हत्या सम्वन्धि रहस्य अझै वाहिर आउन सकेको छैन । घटनाको अनुसन्धान भईरहेको छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ लागू भएको करिब छ वर्ष बितिसक्दा समेत त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पालामा मुलुकमा व्याप्त जातीय भेदभावको अन्त्य गर्ने उद्देश्यले सो ऐन ल्याइएपछि पनि छुवाछूतकै कारण विभिन्न जिल्लामा दलित युवाले ज्यान गुमाउनु परेको र विस्थापित हुनुपरेको छ ।

ऐन आएपछि अन्तर्जातीय विवाह गरेका कारण, चुलो वा पानी छोएका र मन्दिर प्रवेशका निहुँमा दैलेखका सेते दमाईं, कालीकोटका मनवरे सुनार, सप्तरीका शिवशङ्कर दास र काभ्रेपलाञ्चोकका अजित मिजार लगायत धेरै युवाले ज्यान गुमाउनुपरेको छ । छुवाछूतकै कारण नुवाकोट, धादिङ, कास्की, रुपन्देही, ललितपुर, बाग्लुङ, पर्वत, लमजुङ लगायत जिल्लाबाट धेरै दलित परिवार विस्थापित हुनुपरेको जागरण मिडिया सेन्टरले जनाएको छ । यसविरुद्ध दलित समुदायले मात्र भन्दा पनि ऐनको प्रभावकारी कार्यान्वयनका लागि राज्यले नै पहल गर्नुपर्ने दलित अगुवाको भनाइ छ । दलित आन्दोलनका अगुवा पदम सुन्दासले ऐनमा दण्डसजायको व्यवस्था अत्यन्त कमजोर भएका कारण पनि छुवाछूतका घटना दिन प्रतिदिन बढ्दै गएको टिप्पणी गर्नुहुन्छ ।

सांसद कमला विश्वकर्मा छुवाछूत सदाका लागि अन्त्य गर्न भएका ऐन÷कानुन कार्यान्वयनसँगै चेतना जगाउनुुपर्नेमा जोड दिनुहुन्छ । छुवाछूत घटनाका मुद्दालाई प्रहरी प्रशासनले दर्ता गर्न आनाकानी गर्ने र दर्ता गरे पनि मिलापत्रमै सीमित हुँदै आएको दलित समुदायले गुनासो गर्दै आएको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza