एमाले नेता गंगालाल तुलाधरलाई अन्तर्राष्ट्रिय पुरस्कार

1322 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -असोज ३० गते ।  नेकपा (एमाले)का सांसद तथा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले उत्कृष्ट अनुसन्धानका लागि अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ ।तुलाधरको जन्म २०१८ सालमा धादिङको कल्लेरीमा भएको हो ।dsc07461
लन्डनस्थित इन्टरनेसनल कन्सोर्टियम फर जियो–डिजास्टर रिडक्सन नामक संस्थाले प्रकाशित गर्नेगरेको भू–वातावरणीय विपद् जर्नलमा डा. तुलाधरको अनुसन्धानात्मक कृति प्रकाशित भएको थियो ।  छ हजारभन्दा बढीले डाउनलोड गरेको र विभिन्न मुलुकका सयौँ शोधकर्ताले सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेकाले उहाँको सो कृतिलाई उत्कृष्ट ठह¥याई उक्त संस्थाले पुरस्कृत गरेको हो ।  अनुसन्धान कृतिका लागि सो संस्थाले पहिलोपटक पुरस्कृत गर्न थालेको हो ।  पुरस्कारको राशि एक हजार युरो अर्थात् झण्डै एक लाख २० हजार रुपियाँ छ ।तुलाधरले सन् २०१२ मा विभिन्न १९ जिल्लामा गई विपद् जोखिम न्यूनीकरणसम्बन्धी अनुसन्धान गर्नुभएको थियो ।  उहाँले गरेको अनुसन्धानबाट अधिकांश व्यक्ति विपद्का बारेमा जानकार नभएको, विपद् व्यवस्थापन गर्ने तौरतरिकाका बारेमा अनभिज्ञ भएको, विपद् कसलाई भनिन्छ भन्नेबारेमा पनि थाहा नभएको तथ्य फेलापरेको थियो ।सांसद तुलाधरले नेपालमा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा धेरै ठूलो रकम खर्च भइरहेको छ र बढीजसो अन्तर्राष्ट्रिय सहयोग नियोगबाट लगानी हुँदै आएको छ ।  उनीहरूले विपद् जोखिम न्यूनीकरणमा ठूलो उपलब्धि हासिल भएको दाबी गर्दैआएका छन् तर अवस्था त्यस्तो नभएको मेरो अनुसन्धानले देखाएको थियो तुलाधरले  भन्नुभयो ।