विदेश पठाउने भन्दै २ करोड ८१ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

830 पटक पढिएको

६ कार्तिक २०७३, शनिबार ०८:२७ सम्पादक: धादिङ न्यूज

 बैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिन्छु भन्दै लाखौ रुपैयाँ ठगी गर्ने एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रसिया, क्यानडा, युरोप, मकाउ पठाउने प्रलोभन देखाएर  ठगी  गरेको भन्दै सोलुखुम्बु तिलङघाटका ३८ वर्षीय नारायणकुमार खड्कालाई प्रहरीले पक्राउ गरेको हो। विभिन्न देश पठाइदिने भन्दै  २२ जनासँग रकम  लिएर अलपत्र बनाएको उजुरी परेपछि  महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले पेप्सिकोला बस्दै आएका खड्कालाई पक्राउ गरेको हो।  हाइलिंक एजुकेशन कन्सल्टेन्सी र जब प्लेसमेन्ट सेन्टर संचालन गर्दै उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ। खड्काले पोर्चुगल पठाउने भन्दै पाँच जनासँग प्रति व्यक्ति १० लाख ५० हजार लिएर दिल्ली र रसिया पुर्‍याएर अलपपत्र बनाएका थिए। यस्तै मकाउ पठाउने भन्दै १७ जनाबाट १४ लाख रुपैयाँ लिई बैंकक लगेर अलपत्र बनाएका थिए भने तीन जना मकाउमा नै अलपत्र रहेको प्रहरीले जनाएको छ।  खड्काले यस अघि पनि ३२ जनालाई क्यानडा पठाइदिने प्रलोभनमा दुई करोड १५ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। खड्काबाट प्रहरी १४ वटा पासपोर्ट, एक सय ५० भन्दा व्यक्तिको फोटोहरु, ल्यापटप बरामद गरेको छयो समाचार धादिङ न्यूजकालागि थाहा खबरबाट लिईएको हो ।