मकवानपुर नापी कार्यालयमा आगलागी,१९ जना घाइते

1132 पटक पढिएको

१० कार्तिक २०७३, बुधबार १४:४७ सम्पादक: धादिङ न्यूज

 

मकवानपुर नापी कार्यालयमा आगलागी भएको छ। आगलागीबाट १९ जना घाइते भएका छन्। घाइते हुनेमा कार्यालयका कर्मचारी र सेवा ग्राही छन्।  घाइतेमध्ये १६ जनाको हेटौंडा अस्पताल र ३ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो निभाउने क्रम जारी छ।आगलागीबाट केही कागजात जलेका छन्। प्रहरीले कार्यालयभित्रका आवश्यक कागजातलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जनाएको छ।
के कारणले आगो लागेको भन्ने विषयमा खुल्न सकेको छैन्।