साहस परियोजनाको द्धैमाशिक समिक्षा सम्पन्न

629 पटक पढिएको

सम्पादक: Dhading News

untitled-1-copyधादिङ जिल्लामा भुकम्प पश्चात स्वास्थ्य सस्थाहरु को नियमितता चुनौति पूर्ण वन्दै गएको परिवेशमा यूनिसेफ, नेपालको आर्थिक सहयोग एबं नेपाल जनस्वास्थ्य प्रतिष्ठान संगको सहकार्यमा चन्द्र ज्योती एकिकृत ग्रामिण विकास समाजको संयोजनामा धादिङ जिल्लाको ७ गा.बि.स आगिन्चोक, सल्यानटार, त्रिपूरेश्वर, ज्यमरुङ,चैनपूर, खरी, नलाङ, गोरखा जिल्लाको ११ गा.बि.स र नुवाकोट जिल्लाको ४ गा.बि.समा सञ्चालित स्वास्थ्य सस्थाको सस्थागत विकास कार्यक्रम (साहस) परियोजनाको अगष्ट र सेप्टेम्बर महिनामा सम्पन्न गतिबिधिहरुको समिक्षा कार्यक्रम एक समारोह बिच सम्पन्न गरियो ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक श्री जिवन कुमार मल्ल , जनस्वास्थ्य अधिकृत मोहन प्रसाद सुवेदी ले स्थानिय स्वास्थ्य सस्थाको सस्थागत विकासले स्वास्थ्य सेवालाई प्रभावकारी वनाउन सहयोग पुग्ने भएकोले यस परियोजनावाट नवजात शिसु र मातृ मृत्यूलाई कम गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्दै जिल्लामा वाल विवाहका कारण किशोरी उमेरमा गर्भवती हुने संख्या अत्याधिक रहेको पाईएकोले यसको समाधानमा वस्ती स्तरमा छलफल र वहस गर्न जरुरी रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा यूनिसेफ, नेपालका गोरखा धादिङ स्वास्थ्य कार्यक्रम प्रमुख नितेन्द्र कुमार चौरशिया , नुवाकोट यूनिसेफका रवि मित्रकोटी नेपाल जनस्वास्थ्य प्रतिष्ठानका डा राजाराम ढुङगाना र निरज गिरीले स्थानिय रुपमा कार्यक्रम कार्यन्वयन गर्दाका वखत भएका सहजता र असहजताका वारेमा स्पष्ट पार्दै कार्यक्रमको प्रभावकारीताका लागि सबै क्षेत्रको सहयोग भएमा मात्र आधारभुत स्वास्थ्य सेवा तल्लोस्तरमा प्रभावकारी हुने बिश्वास गरिएको वताउनु भएको कार्यक्रममा यस अवधिमा भएका उपलब्धि र आगामी ५ महिनामा संचालन गर्ने क्रियाकलापको बिषयमा नेपाल जनस्वास्थ्य प्रतिष्ठानका कार्यक्रम अधिकृत राधिका सापकोटा र सिड्स, धादिङ कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले सहभागीहरुलाई स्पष्ट वनाउनु भएको थियो ।