पाकिस्तानी सेनाको आक्रमणमा परि भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

389 पटक पढिएको

सम्पादक: Dhading News

 

 

काठमाडौं । पाकिस्तानी सेनाले गरेको आक्रमणमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । इन्डियन एक्सप्रेसका अनुसार भारतीय सेनामा कार्यरता राइफलम्यान २० बर्षिय विमल तामाङको मृत्यु भएको हो । उनी धरानका रहेको समाचारमा जनाइएको छ । सेनाका प्रवक्ता कर्नेल मनिष मेहताले तामाङको मृत्युको पुष्टि गरेका छन् । उनले पाकिस्तानी पक्षले कुनै सूचना नदिइ आक्रमण गरेको पनि बताएका छन् । पाकिस्तानी सेनाले सोमबार गरेको आक्रमणमा तामाङको मृत्यु भएको जनाइएको छ । 
भारतको रजाैरी क्षेत्रमा गरेको अाक्रमणमा परि तामाङको मृत्यु भएको समाचारमा उल्लेख छ ।