पत्रकार सञ्जय न्यौपानेको असामयिक निधन

570 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा शनिबार साँझ निधन भयो । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा साँझ न्यौपानेको निधान भएको हो ।

sanjaya-neupane_qhftgvjlrwकारोबार दैनिकका पूर्व सम्पादक तथा अार्थिक पत्रकार समाजका पूर्व उपाध्यक्ष  न्यौपानेको उपचारका क्रममा  हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा  निधन भएको हो। विजया दशमीका दिन घरमै बेहोस भएपछि उपचारका लागि न्यौपानेलाई भारत लगिएको थियो। भारतको मेदान्त अस्पतालमा केही समय उपचार गरेपछि उनी ३ दिनअघि मात्रै नेपाल फर्किएका थिए।  न्यौपाने विगत एक वर्षअघिदेखि ‘एनाप्लास्टिक एस्ट्रोसिटोमा’ भनेर चिनिने स्नायु प्रणालीसम्बन्धी रोगबाट ग्रसित थिए। नेपालको आर्थिक पत्रकारिताका बिषयमा अव्वल मानिने न्यौपानेको निधनले नेपाली पत्रकारिताले निकै क्षती व्यहोर्नु परेको अग्रज पत्रकारहरुले प्रतिकृया दिएका छन ।
न्यौपानेको शनिवार रातीनै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि न्यौपानेलाई श्रद्धाञ्जली दिन पत्रकारहरु आर्यघाट पुगेका थिए । न्यौपानेका श्रीमती एक छोरो एक छोरी रहेका छन ।न्यौपाने प्रेस चौतारी नेपाल ललितपुर जिल्ला समितिको संस्थापक समेत हुन ।न्यौपानको निधन भएकोमा  प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्ट,महासंघका पुर्व अध्यक्ष शिव गाउँलेका साथै विभिन्न पत्रकार संघ संगठनका साथै अग्रज पत्रकारहरुले नेपालको आर्थिक पत्रकारिता क्षेत्रमा स्थापित पत्रकार न्यौपानेको असमायिक निधनले नेपालको पत्रकारिता क्षेत्रलाई मात्रै नभई नेपाली समाजले असल व्यक्ति गुमाउनु परेको भन्दै न्यौपाने प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवार जनलाई समवेदना व्यक्त गरेका छन ।