देउवाले ढाँटे पर्दाफास भयो देउवाको झूठ

567 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

deuba-with-sangeभारत भ्रमणबाट नेपाल फर्किए लगत्तै आंफु बिरुद्ध समाचार लेख्ने नेपाली मिडियालाई भित्तामा पु¥याईदिने चेतावनी दिएका  नेपाली कांग्रेसका सभापति एवम पुर्व प्रधानमन्त्री शेर वहादुर देउवा अब आँफै भित्ता तिर पुग्नु पर्ने अवस्था आएको छ । ५ दिने भारत भ्रमण गरी फर्किएका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तिब्बती पृथकतावादी नेता लोब्साङ साङ्गेसँग आफूले नभेटेको दावी गर्दै नेपाली सञ्चार माध्यमले झूठो समाचार लेखेको दावी गरेपछि उनको दावी झुठ गराउने प्रमाण सार्वजनिक भएको छ । यसअघि देउवाले झुठो समाचार लेखेको दाबी गर्दै आफूलाई भित्तैमा पुर्याउनेलाई देखाइदिने समेत चेतावनी दिएका थिए । तर,  देउवाले भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेशनले आयोजना गरेको थर्ड इण्डिया आइडियाज कन्क्लेभलाई शुक्रवार विशेष वक्ताका रुपमा सम्बोधन गर्दा एउटै मञ्चमा तिब्बती पृथकतावदी नेता तथा दलाई लामाको समानान्तर सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गेसँगै नारिएर बसेको तस्बिर समेत सार्वजनिक भएको छ । बुधवार विमानस्थलमा देउवाले दलाई लामाको भिडियो सम्बोधन पनि नदेखेको र लोब्साङ साङ्गेलाई पनि नदेखेको दावी गरेका थिए। कार्यक्रममा तिब्बती धर्मगुरु दलाई लामाको भिडियो सम्बोधन प्रस्तुत गरिएको थियो । तिब्बती पृथकतावादी नेताहरुसँग आफू सँगै नबसेको दावी देउवाले गरिरहेका बेला साउथ एसिया चेकलेले साङ्गेसँगै नारिएर बसेका देउवाको तस्बिर सार्वजनिक गरेको हो ।    कार्यक्रममा देउवाले नेपालका पूर्व प्रधानमन्त्री र कांग्रेस पार्टी सभापतिको हैसियतमा मुख्य वक्ताका रुपमा सम्बोधन गरेका थिए भने तिब्बतको समानान्तर सरकारका प्रधानमन्त्री साङ्गेले विशेष वक्ताको रुपमा सम्बोधन गरेका थिए । सोही क्रममा देउवा र साङ्गेबीच अनौपचारिक कुराकानीसमेत भएको थियो ।  –