घाँस बेचेरै एक वर्षमा १५ लाख आम्दानी

1353 पटक पढिएको

२८ कार्तिक २०७३, आईतवार १९:४३ सम्पादक: धादिङ न्यूज

downloadधादिङ  । धादिङ जिल्लाको बैरेनी, नलाङ र नीलकण्ठ नगरपालिकाको  किसान अहिले व्यवसायिक घाँस खेतीतर्फ आकर्षीत भएका छन् । धादिङ जिल्लामा दूध उत्पादनका लागि गाई भैंसी पाल्नेको संख्या बढेसँगै किसानको आकर्षण घाँस खेतीतर्फ बढेको हो ।विभिन्न प्रजातिका घाँसको बिक्रीबाट मात्र धादिङका किसानले बार्षिक दश लाखदेखि १५ लाखसम्म आम्दानी गर्न थालेको किसान बताउँछन् ।जिल्लामा पछिल्लो समय व्यवसायिक रुपमा गाई भैसी, बाख्रा पालन गर्ने किसानहरुको संख्या थपिंदै गएको छ । मौसम अनुसारको हरियो र पोषिलो घाँस सबै तिर नपाउने भएपछि किसानहरुले घाँस खेती शुरु गरेका हुन ।

किसानले अहिले समूहमा आधारित घाँस खेती गरेका छन् । घाँसको बिउ र विरुवा उत्पादन गर्ने र त्यसको बिक्रीबाट मनग्य आम्दानीसमेत गर्ने उनीहरु बताउँछन् ।

कतिपय समूहले भने गाई भैसीलाई खुवाउन घाँस नै बिक्री गर्ने गरेका छन् । उन्नत जातको घाँस लगाउँदा धेरै दुःख गर्न नपर्ने र खेर गएको भिरालो जमिन भए पनि हुने भएकाले पनि ब्यवसायिक घाँसको विउ विरुवा उत्पादनका साथै घाँस नै उत्पादन गर्न किसान आकर्षित भएका हुन् ।