ट्रक र ट्याक्सी एक आपसमा ठोक्किदाँ ६ जना घाईते

523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

15079065_1166671280078641_3456638007143660068_n-copy
धादिङ,४ मङ्सीर,– काठमाण्डौका लागी चितवनबाट छुटेको ना ६ ख ९१०५ नम्बरको ट्रक र काठमाण्डौबाट चितवनको लागी छुटेको बा २ ज १८२६ नम्बरको ट्याक्सी पृथ्वी राजमार्ग अन्तरगत धादिङको पिँडा २ पोखरेखोला नजिकै ठोक्किदा ट्याक्सीमा सवार ६ जना घाईते भएका छन् ।

दुर्घटनामा घाईते हुनेहरु सबै ट्याक्सीमा सवार रहेका ईलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ । घाईते हुनेहरुमा काठमाण्डौँ बस्ने बर्ष ३० की रेनु सुनुवावर, १२ बर्षिय मार्सल पोख्रेल, ८ बर्षिय महिमा पोख्रेल, दिपेन्द्र श्रेष्ठ, पुर्ण बहादुर सुनुवार र मदन कुमार थिङ रहेका छन्। घाईते सबैको गजुरी अस्पतालमा उपचार भईरहेको छ ।