सरकारी सेवा सुविधा गाउंमै पाउँदा स्थानीय वासी दंग

766 पटक पढिएको

७ मंसिर २०७३, मंगलवार ०६:१० सम्पादक: धादिङ न्यूज

akikrit-shibir-maidi_arthasधादिङ– नागरिकताको प्रमाण पत्र लिनका लागि होस या अन्य सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधा लिनका लागि सदरमुकामनै पुग्नु पर्ने भएपछि एक्लोसरो व्यक्तिहरुको लागि निकै समस्या हुने गरेको सरकारी सेवा सुविधा गाउंमै पाउँदा मैदीका वासिन्दा निकै खुसी देखिएका छन । प्रशासनिक काम गर्न सदरमुकाम धादिङवेशी जाँदै आएका धादिङ मैदी गाविसका स्थानीयवासीहरु गाउँमै एकीकृत घुम्ती शिविर आएपछि मख्ख भएका छन् ।

विशेष गरी बुद्धाहरु एकीकृत घुम्ती शिविरबाट बढी लाभान्भित भएको मैदी–१ उखुवारीका स्थानीयवासी राजन थापाले  बताए ।  जनतालाई घर घरमा सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यलय धादिङले जिल्लाको मैदी १ शमीभन्ज्याङमा एकीकृत घुम्ती शिविरको आयोजना गरेको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।  उनका अनुसार शिविरमा मैदी, ढोला, चैनपुरलगायतका गाविसका स्थानीयहरुको सहभागीता छ ।

शिविरको पहिलो दिन आइतबार २३ जनाको नागरिकता, २६ जनाको फोटोसहितको मतदाता नामावली, ६० जनाको विभिन्न किसिमका स्वास्थ्य परीक्षण, ५० जनाले आयुवेर्दिक उपचार सेवा लिएका छन् । त्यस्तै किसानहरुलाई बीउ वितरण, जेष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई परिचयपत्र वितरण, वैदैशिक रोजगारी सम्बन्धी जानकारी दिइएको थियो  ।

जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, जिल्ला कृषि विकास कार्यलय,  भूसंक्षण कार्यालय, जिल्ला निर्वाचन कार्यालय, आयुवेर्दिक कार्यालय, सिड्स धादिङ लगायतका कार्यालयहरुले त्यहाँ सेवा दिइरहेका छन्।  शिविर मंसिर ७ गते मंगलबार सम्म चल्नेछ ।