३ दिने एकीकृत घुम्ती शिविर,मैदीमा सम्पन्न

757 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 akikrit-shibir-maidi_arthasतीन दिने एकीकृत घुम्ती शिविर कार्यक्रम धादिङ जिल्लाको मैदी गा.वि.स. वडा नं १ समीभञ्ज्याङमा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यलय धादिङको आयोजनामा सञ्चालित घुम्ति शिविरमा नयाँ नागरिकता वितरण , फोटो सहितको मतदाता नामावली संकलन, लैङ्गिक हिंसा न्यूनिकरणको लागी प्रहरी मेरो साथी अभियानका साथै जिल्लाका प्रमुख सरकारी कार्यालयबाट प्रवाह गर्ने सेवा सुविधा,कृषि तथा पशुपालन सम्वन्धि परामर्श,्स्वास्थ्य उपचार र औषधि बितरण पनि गरिएको थियो । यसै गरी  जेष्ठ नागरिक तथा अपाङ्गता परिचय–पत्र वितरण ,जिल्ला पशु कार्यालयको नि :शुल्क भेटेनरी औषधी वितरण, जिल्ला कृषी कार्यालय को बिउबिजन वितरण , सुरक्षित आप्रवाशन परियोजना सामी को सुचना तथा परामर्श सेवा सञ्चालन रहेको थियो ।उक्त कार्यक्रममा मैदी , ढोला , खरी , चैनपुर ,नलाङ बाट सेवाग्राहीले सेवा लिएका थिए ।

बैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि सुरक्षित ढंगबाट जानका लागि चाहिने सिपहरु, दलालबाट बच्ने उपाय, विदेशमा जांदा ख्याल गर्नु पर्ने बिषयहरुका वारेमा हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको सहयोगमा सिड्स धादिङ द्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सुचना तथा परामर्श सेवा पनि दिईएको थियो ।
तीन दिन सम्म चलेको उक्त कार्यक्रममा सम्भावित आप्रवाशी कामदार १५२ जना लाइृ सुचना तथा परामर्श सेवा उपलब्ध गराइयो । साथै मनो सामाजिक परामर्श सेवा पनि ६ जना व्यक्तीहरुलाई सेवा उपलब्ध गराइएको थियो  ।  वैदेशिक रोजगारमा जाँदा अपनाउन पर्ने सुरक्षित प्रकृयाहरु नि :शुल्क सिप तालिम र सुरक्षित आप्रवाशन सुचना तथा परामर्श केन्द«ले उपलब्ध गराउने सेवाको बारेमा सुचना तथा परामर्शकर्ता एशोदा नेपाल र मनो सामाजिक परामर्शकर्ताहरु  पवित्रा राना मगर  र रामकुमार थापाले सेवाग्राहीहरुलाई अवगत गराउनु भएको थियो ।