सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा कार्यक्रम

848 पटक पढिएको

सम्पादक: Dhading News

cymera_20161120_193107कोल्पुटार (नुवाकोट) : विभिन्न समयमा भएको सडक दुर्घटनामा परि ज्यान गुमाएका मानिसहरुको सम्झनामा आइतबार नुवाकोट जिल्लाको कोल्पुटारमा मैनबत्ति प्रज्वलन एवम् विविध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
म्यारो टेक्नोलोजिज एवम् इन्स्टिच्युट अफ प्रोफेशनल लर्निङ्ग को आयोजनामा कार्यक्रमका संयोजक एवम् म्यारो टेक्नेलोजिजका प्रबन्ध निर्देशक प्रदिप नेपालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा ट्राफिक, प्रहरी, विभिन्न विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापक, शिक्षकहरु, स्वास्थ्य चौकीका इन्चार्ज, स्थानीय समाजसेवीहरुको आतिथ्यता रहेको थियो भने विद्यार्थीहरुका साथै सर्वसाधारण र विभिन्न मोटरका चालकहरुको पनि सहभागिता रहेको थियो ।
सडक दुर्घटना, त्यसका कारणहरु एवम् न्यूनिकरणमा विभिन्न निकाय तथा आम सर्वसाधरणको भूमिका एवम् कर्तव्यको बारेमा सबै पक्ष जानकार भई आगामी दिनमा सवारी दुर्घटना न्यूनिकरणमा सक्रिय भएर लाग्न कार्यक्रमका संयोजक नेपालले आग्रह गर्नु भएको थियो । सडक दुर्घटनाबाट वर्षेनी लाखौंको ज्यान गइरहेको र नेपालको सन्दर्भमा अझै डरलाग्दो स्थिति भएको र त्यसलाई न्यूनिकरण गर्न सम्पूर्ण तहबाट विविध खालका कार्यक्रमहरु ग्रिरहनुपर्नेमा नेपालको जोड थियो ।
अन्तरराष्ट्रिय स्तरमा नोभेम्बर महिनाको तेस्रो आइतबार मनाइने यो कार्यक्रम नेपालमा भने नौलो हो । अबका दिनहरुमा अझै व्यवस्थित, जानकारीमूलक बनाएर सडक दुर्घटनाको न्यूनिकरण एवम् सडक सुक्षा सम्बन्धी विविध कार्यक्रम गरिरहने कुरा कार्यक्रम प्रदिप नेपालले धादिङ न्यूजलाई बताउनुभयो ।