स्वास्थ्य सचिव उप्रेतीद्धारा टिष्टुङ स्वास्थ्य चौकीको उद्घाटन
565 पटक पढिएको
जनक लामा
थाहा नगर मकवानपुर ।
टिष्टुङमा बनेको नयाँ स्वास्थ्य चौकी टिष्टुङ स्वास्थ्य चौकीको विहिबार उद्घाटन गरिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव सनेन्द्र राज उप्रेतीले स्वास्थ्य चौकीको बिच उद्घाटन गर्नु भएको हो । उत्तरी मकवानपुरको टिष्टुङ नौखण्डे ३ मा जन समुदायको करिब ८ लाख बराबरको श्रमदान र अमेरीकेयर दातृ निकायको ६९ लाख सहयोग गरि ७७ लाखको लागतमा स्वास्थ्या चौकीको निर्माण गरिएको हो । त्यसैगरि ५ लाखको स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
सचिब उप्रेतीले स्वाथ्य सेवामा विस्तार गर्नको लागि अहिले भईरहेको १० देखि २ बजे सम्मको सेवालाई बढाई १० देखि ४ बजे सम्म सेवा प्रदान गर्नमा सरकार लागि परिरहेको बताए । किसान देखि लिएर महिलाहरुलाई समेत समय मिलाउन सहज होस भन्दै यो योजनालाई अगाडी बढाउन लागेकोले र तिष्टुङ स्वास्थ्य चौकीलाई पनि यहि आधारमा आज नै देखि चल्न आग्रह गरे । ७२ बैशाख १२ र २९ गतेको भुकम्पले क्षेती पु¥याए पछि स्वास्थ्य चौकीको निर्माण गर्न थालिएको हो ।
स्वास्थ्य चौकी निर्माण पछि ९ हजार ३ सय जना लाभांवित हुने भएका छन् । १२ कोठाको स्वास्थ्य चौकीको भवन रहेको र २ कर्मचारी आवास कोठा रहेको छ भने स्वास्थ्य चौकीले दिने सम्पूर्ण सेवा दिन सकिने जनाएको छ । फिफ्याप प्रकारको स्वास्थ्य चौकीको निर्माण गरिएकोले बर्थिङ सेन्टरको सुविधा समेत रहेको छ । अमेरीकेयरको आर्थिक सहयोग र विराज नेपाल मेडिकल ट्रष्ट्रको व्यवस्थापनमा स्वास्थ्य चौकीको निर्माण गरिएको हो ।
विराज नेपाल मेडिकल ट्रष्टका कार्यक्रम संयोजक रघु धियालले सञ्चालन गर्नु भएको उद्घाटन कार्यक्रममा म्ँक्ष्म् का सुनिल खड्का, क्षेत्रिय स्वास्थ्य निर्देशनायका श्रवण नायक, जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख रामचन्द्र पाठक, स्थानिय सरोकारवाला, स्वयम सेविका पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।
त्यसैगरि मकवानपुरमा ७ स्वास्थ्य चौकीको निर्माण भईरहेको विराज नेपाल मेडिकल ट्रष्ट जनाएको छ । जसमा टिष्टुङ स्वास्थ्य चौकी, फाखेल स्वास्थ्य चौकी, निबुवाटार स्वास्थ्य चौकी, मकवानपुर गढी स्वास्थ्य चौकी, बसामाढी स्वास्थ्य चौकी, खैराङ स्वास्थ्य चौकी र धियाल स्वास्थ्य चौकी रहेका छन् । ती मध्य टिष्टुङ, फाखेल, मकवानपुर गढी र निबुवाटार स्वास्थ्य चौकीको निर्माण भई सकेको छ । मकवानपुर गढी र निबुवाटार स्वास्थ्य चौकीको शुक्रबार उद्घाटन हुने भएको छ ।