नमूना वागेश्वरी बहुमुखी क्याम्पसको भवन शिलान्यास

1022 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

बैरेनी -नमूना वागेश्वरी बहुमुखी क्याम्पस बैरेनी धादिङको भवन निर्माण गरिने भएको छ । बैरेनी गाविस वडा नम्बर ८ डल्टारमा निर्माण गर्न लागिएको क्याम्पसको नयाँ भवनको शनिवार शिलान्यास गरिएको छ ।
धादिङ क्षेत्र नम्बर ३ का सांसद एवम पुर्वमन्त्री राजेन्द्र पाण्डेले क्याम्पस भवनको शिलान्यास गर्नु भएको हो । करिव ५ करोडको लागतमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको क्याम्पसको नयाँ भवनको ११ कोठा सहितको भवन भने यसै आर्थिक बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने योजना रहेको क्याम्पस व्यवस्थापन समितिले जनाएको छ ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ नेपालको अध्यक्षतामा भएको भवन शिलान्यास कार्यक्रममा धादिङ क्षेत्र नम्बर २ का सांसद गुरुप्रसाद वुर्लाकोटी, नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी, नेपाली कांँग्रेस धादिङका सभापति रमेश धमला, माआृवादी केन्द्र धादिङका सचिवालय सदस्य तारा भण्डारी लगायतका व्यक्तिहरुको आतिथ्य रहेको थियो ।
बैरेनी गाविसको वैरेनी वजार स्थित वागेश्वरी माविमा सञ्चालन भईरहेको स्नातक तहको क्याम्पसलाई स्तरबृद्धि गरी स्नातकोत्तर तह सम्मको पढाई सञ्चालन गर्ने लक्ष्यका साथ नयाँ भवन निर्माण शुरु गरिएको र यस क्याम्पसको निर्माणले धादिङ र नुवाकोट जिल्लाका बिद्यार्थीहरु लाभान्वित हुने क्याम्पसले जनाएको छ ।

????????????????????????????????????

कार्यक्रममा स्थानीय राजनैतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका सभापति गोपिप्रसाद रिमाल,नेकपा एमालेका अध्यक्ष कृष्णहरी श्रेष्ठ, माओवादी केन्द्रका मोदनाथ खतिवडा लगायतले सम्वोधन गर्नु भएको थियो । क्याम्पस निर्माणका लागि स्थानीयवासीको तर्फबाट सक्दो चन्दा सहयोग गर्ने प्रतिबद्धता सहित रकम घोषणा समेत गरिएको थियो ।

स्थानीयवाट चन्दा दानको घोषणा–कार्यक्रम स्थलमै उठ्यो ११ लाख ७५ हजार २ सय १५ रुपैया

क्याम्पस निर्माणका लागि स्थानीयहरुको तर्फबाट इन्द्रप्रसाद रिमाल १ लाख २५ हजार १ सय ५०,ऋषेश्वर खतिवडा (मोदनाथ,रेशमराज, हरिप्रसाद र रमेश) १ लाख ११ हजार १ सय ११, लक्ष्मणप्रसाद खतिवडा ( जीवन र ज्योती)१ लाख ५ हजार,शेषकान्त रिमाल ( हरिप्रसाद रिमाल) १ लाख २ हजार ५१, दिपक कार्की १ लाख १ हजार १ सय ११,अनिल श्रेष्ठ १ लाख १ हजार १ सय १, माधव खतिवडा ७५ हजार, लक्ष्मणदास मर्हजन ५१ हजार १ सय ११, ठाकुर अधिकारी ५१ हजार १ सय ११, भिमसेन पाण्डे ५० हजार ५ सय ५, अर्जुनलाल श्रेष्ठ ५० हजार ५ सय ५,राजन अधिकारी ५१ हजार १ सय ११, जगन्नाथ नेपाल ५० हजार १ सय ५१,मायादेवी खतिवडा(रामशरण र केशव) ५० हजार १ सय ११, शिव खतिवडा २५ हजार ५ सय २५, भवानी खतिवडा ( उत्तम र कपिल)२५ हजार १ सय २५, इश्वरी धिताल २५ हजार रुपैया चन्दा दिने गर्ने घोषणा गरेका थिए । यसै गरी शिव रिमाल ३०हजार ५१, बलराम खतिवडा २५ हजार १ सय २५, शिव ढकाल २० हजार, ,बिष्णु विक १५ हजार १ सय ११ रुपैया चन्दा दिने घोषणा गरेका छन । चन्दादाताहरुको सूचि बढ्दै जाने क्याम्पस व्यवस्थापन समितिले जनाएको छ । घोषणा हुनेक्रम जारी रहेकोले धादिङ न्यूज मार्फत दाताहरुको बिबरण सार्वजनिक गरिंदै लगिनेछ ।