एकाबिहानै भूकम्पको धक्का

544 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

downloadधादिङ, १३ मंसिर-  राजधानी काठमाण्डौं लगायत पुर्ब झापादेखि पश्चिममा स्याङजा सम्मका जिल्लामा एकाविहानै भुकम्पको कडा धक्का महसुस गरिएको छ ।

रामेछाप र सोलखुम्बुको सीमानालाई केन्द्र बनाएर ५ बजेर २० मिनेटमा  ५.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पको धक्का पुर्वि भेगका जिल्लाहरुका साथै  काठमाडौं ,धादिङ, नुवाकोट, रसुवा, चितवन, गोरखा, लमजुङ,तनहुं, कास्कि,स्याङजा मा पनि  महसुस भएको स्थानीयले सामाजिक सञ्जाल मार्फत  जानकारी दिएका छन । धक्काको महशुस उपत्यका लगायत पुर्ब झापादेखि पश्चिममा कास्कीसम्मका सर्वसाधारणले महशुस गरेका छन् । यो नयाँ भूकम्प नभई गोरखा भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले वताएको छ ।२०७२ बैशाख १२ को गोरखा भुकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल माथिका मात्रै ४ सय ७५ परकम्प गइसकेका छन् । ठूलो भूकम्पपछि लामो समयसम्म परकम्प आइरहने केन्द्रले जनाएको छ ।